राष्ट्रवादी भन्न सजिलो छ तर हाम्रो मुलुक नेपालमा राष्ट्रवादी भएर बाँच्न गाह्रो छ ।

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


राकेश कुमार शर्मा – राष्ट्रियताको सवालमा राष्ट्रवादी भएकोले नै श्री ५ महेन्द्र शाहको हत्या , मदन भण्डारीको हत्या , जीवराज आस्रितको हत्या  श्री ५ बिरेन्द्र शाह लगायतका राजपरिवारका सदस्यहरूको राजदरबार हत्याकाण्ड भएको हो र सर्तहरू नमानेको र सच्चा राष्ट्रवादी भएकोले नै श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता छोडनुपर्ने अवस्था आएको हो । हाम्रो मुलुकका केही गद्दार र विश्वासघाती तत्वहरुका कारण राष्ट्रवादीहरुको हत्या र राष्ट्रवादी श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाइएको हो ।हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरूको नयाँ नक्सा बारे संविधान संशोधनको देखावटी, खोक्रो, झुठो राष्ट्रवाद र राष्ट्रियता छर्लङ्ग भयो रु वाहियात र जनताहरुलाई झुक्याउने गरी राष्ट्रियताको गफ दिनु बेकार छ

।नीति तथा कार्यक्रममा नयाँ नक्शाको स्वीकृत र सार्वजनिक बारे सदनमा पनि राजेन्द्र महतोले चित्तबुझ्दो र वास्तविक कुराहरु गरेका थिए र अन्तर्वातामा पनि राजेन्द्र महतोले भनेका थिए हाम्रो मुलुक नेपालका सांसदहरू र नेताहरू राष्ट्रवाद र राष्ट्रियताको ठुल ठुला कुरा गर्ने, गाली गलौच गर्ने भुक्ने अनि भारतको प्रधानमन्त्री र नेताहरूको अगाडि सबैजना लम्पसार र झुक्छन आखिरमा राजेन्द्र महतो सहि र सत्य साबित भए।हामी नेपालीहरु कुनै कुराहरूमा सक्षम छैनौं परनिर्भर छौं । कृषि प्रधान मुलुक भन्छौं धाक देखाउँछौं तर कृषि योग्य जग्गा जमिनहरु प्लाटिंग भएको अवस्था छ । यसकारण आत्मनिर्भर हुन आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया