नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिईने

प्रकाशित मिति:

काठमाडौं जेठ, । सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।