गल्याङ नगरपालीकाको कोरोनाकोषमा सहयोग आउने क्रम जारी

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । गल्याङ नगरपालिका ७ बाट अमेरिकामा पुगेका व्यक्तिहरुले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशका लागि एक लाख भन्दा बढि सहयोग गरेका छन् ।  गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा उनीहरुले एक लाख १३ हजार दुई सय ७६ रुपैयाँ सहयोग गरेका हुन् ।  वडा नम्बर सातका १० जना मिलेर सहयोग गरिएको रकम विहीबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको छ ।  सहयोग रकम हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले आफ्नो जन्मभुमीलाई सम्झिएर सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले अप्ठ्यारोमा परेकाहरुलाई आफ्नो घरसम्म ल्याउने सहितका धेरै काम नगरपालिकाको जिम्मेवारीमा आएको भन्दै यस्ता सहयोग नगरपालिकाको लागि महत्वपूर्ण हुने बताउनुभयो । सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विदेशमा रहँदा अझै बढि स्वदेशको सम्झना र माया हुने भन्दै जन्मभूमिलाई सम्झीएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अमेरिकामा फैलिएको कोरोनाको संक्रमणबाट त्यहाँ रहेका नेपालीहरुले साबधानी अपनाउनुपने बेलामा गल्याङलाइ समेत सम्झिएको भन्दै यसबाट आफुुुुुुुलाई निकै खुशी लागेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विदेशी भूमिमा रहेर श्रम गर्नुको पिडा धेरै हुने गरेको छ । र यो दुखको समयमा निकै महत्वपूर्ण सहयोग गर्नुभएको छ, म सम्पूर्ण सहयोगदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उहाँले प्राप्त सहयोगको उचित ढंगले पीडितहरु सामु पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।

गल्याङ नगरपालिका वडा नम्बर सातबाट अमेरिका पुुुुग्नुभएका राम पाठक, केशब पाठक, तारा पाण्डे, खेम भण्डारी, सुदन भण्डारी, खेम पाठक, विनोद पाठक, दर्पण पाठक, लेखनाथ भण्डारी र शिब अधिकारीले संयुक्त रुपमा यो रकम गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि सहयोग गर्नुभएको हो । संकलन भएको रकम अमेरिकामा रहेका सहयोगदाताका वडा नम्बर सातमा रहेका आफन्तहरु संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, नेकपा नेता छविलाल भूषाल, स्थानीय पत्रकार हरि अधिकारी, समाजसेवी तोलाकान्त अधिकारी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यसैवीच, नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्याङ्जा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषका लागि करिब एक लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको छ । व्यक्तिगत रुपमा उहाँले खाद्यान्न, स्वास्थ्य सामाग्री गरी करिब एक लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै पारसले विपदको समयमा थोरै भएपनि आफुले सहकार्य गर्न खोजेको बताउनुभयो।

उहाँले सोही अनुसारको सहयोग सामाग्री चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पनि हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
सहयोग सामाग्री ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले राजनीतिक नेताको तहबाट भएको महत्वपूर्ण सहयोग प्रति प्रशंसा व्यक्त गर्नुभयो ।
उहाँले जननिर्वाचित नभए पनि जननिर्वाचित भए भन्दा बढि काम गरेको भन्दै अध्यक्ष पारसको प्रशंसा गर्नुभयो । उहाँले अहिले देशमा कोरोनाको जोखिम बढिरहेको भन्दै लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएको अवस्थामा आएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै, गल्याङ नगरपालिका वडा नम्बर ५ स्यालबास रानीपोखरी निवासी समाजसेवी व्यक्तित्व भुपराज भट्टराईले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई उहाँले यो रकम हस्तान्तरण गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त ¥याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी
  • माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टा अनावरण