महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मदन शर्मा बुटवल । महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ ।कनेक्सन नेपाल र ईको कनेक्ट प्रा। लि।को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ कावासोती, योथ डेभलप्मेन्ट सेन्टर वाई डि सि, गल्र्स फस्र्ट क्याम्पेन लगायतको सहकार्यमा भएको महिनावारी संवाद कार्यक्रमको पहिलो चरण, महिनावारीको विषयमा जानकरी गराऊदै सम्पन्न भएको हो ।

कार्यक्रममा महिनावारीसंग सम्बन्धीत विभिन्न वैज्ञानीक तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगमा अझै व्याप्त रहेको छाऊपडी जस्ता कुरितीका बारेमा जानकरी गराईएको थियो। साथै सहभागीको जिज्ञासा र चासोलाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।ईन्दीरा सत्याल, सामुदायीक स्वास्थ्य नर्स विशेषज्ञ मिना शर्मा, बाजुराको बुड़िनन्द नगरपालीकाकी उपप्रमुख श्रृष्टि रेग्मी र समाजीक अभियान्ता सोफी मलीफेन्टले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले महिनावारीसंग सम्बन्धीत यस्ता सचेतनामुलक कर्यक्रममा पछिल्लो समय युवपिडीको सक्रियता देखिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।ईको कनेक्ट प्रालीका सिईओ सुशिल कुमार कार्कीको सन्चालनमा भएको सो कार्यक्रम सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको थियो भने करिब १ सय जनाको सहभागिता रहेको थियो।