बजेट :अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने घाेषणा

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाण्डाै – सरकारले आज सार्वजनिक गरेको बजेटमा पछिल्लो समय विकास हुदै गएको अनलाइन मिडियालाई पनि समेट्ने प्रयास गरेको छ ।आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने घोषणा गरेेेेका हुन् ।सरकारले रेडियोलाई रोयल्टी छुट दिनुका साथै अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने घाेषणा गरेको हाे ।

नेपाल टेलिभिजनको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने, साइबर सुरक्षा केन्द्र स्थापनाका लागि सम्भाव्यता केन्द्र स्थापना गर्ने र सरकारले आफ्नै स्याटलाइटको व्यवस्था गर्ने घाेषणा गरेको छ ।डिजिटल फ्रेमवर्कमार्फत सबै पालिकामा आउँदो आर्थिक वर्षभित्र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।सबै प्रदेशमा सञ्चार ग्राम बनाउने घोषणा समेत सरकारले गरेको छ ।यसैबीच सरकारले सूचना प्रविधिमा आधारित उद्योगको व्यवस्थापन गर्ने निति अवलम्बन गर्ने भएको छ ।lumbinipati

फेसबुकबाट तपाईको प्रतिक्रिया