झिलीमिली बन्ने भयो अहिलेको तिहार

प्रकाशित मिति:

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युतभारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उनले ढुक्कसँग विद्युत उपयोग गरी तिहार मनाउन सकिने बताए। बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युतभार कटौती हुँदा तिहार खल्लो भएको थियो। विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युतभार कटौती अन्त्यको घोषणा गरेको थियो। अहिले देशभर नै विद्युतभार कटौती छैन। लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने,“अब विद्युत उपभोगको प्रोत्साहन गर्नुपर्ने अवस्था आइसकेको छ, बत्तीमा ढुक्कसँग तिहार मनाउँदा हुन्छ।” उनका अनुसार यसपालि लक्ष्मीपूजाका दिन झण्डै एक सय मेगावाट विद्युतभार थपिने अनुमान छ।

गत वर्ष एक हजार १६५ मेगावाट विद्युतभार लक्ष्मीपूजाको दिनमा थियो। यस वर्ष विद्युतभार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ। किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत व्यवस्थापन गर्न सहज भएको बताइएको छ।
गत वर्ष एक हजार १६५ मेगावाट विद्युतभार लक्ष्मीपूजाको दिनमा थियो। यस वर्ष विद्युतभार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ।