‘राष्ट्रिय यूवा पत्रकारिता पुरस्कार’ पत्रकार खड्कालाई

१५ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल : गुल्मीकी पत्रकार गंगा खड्का ‘राष्ट्रिय यूवा पत्रकारिता पुरस्कार’ का लागि छनौट भएकी छन् । यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने जनही ५० हजार रुपैयाँ राशीको उक्त पुरस्कारका लागि उनी छनौट भएकी हुन् । पत्रकारिताको माध्यमबाट यूवाहरुको विषयमा लेखिएका समाचार, लेख, रचना मध्येबाट उत्कृष्ट सामग्री सहित प्रतिस्पर्धाको आधारमा मन्त्रालयले पत्रकारहरुलाई पुरस्कृत गर्दै आईरहेको छ।

मन्त्रालयले मंगलवार पुरस्कृत हुने पत्रकारहरुको नामावली सार्वजनिक गरेको हो । औपचारिक कार्यक्रम कोरोना सामान्य भएपछि गरिने मन्त्रालयले जनाएको छ । पत्रकार खड्का अन्नपूर्ण पोष्ट दैनिकको गुल्मी संवाददाता हुन् । उनी विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छिन् । खड्का सहित देशभरबाट ६ जना पत्रकार छनौट भएका छन् । खगेन्द्र अधिकारी (उज्यालो पोष्ट दैनिक), गीता चिमोरिया (सिआइएन नेपाल), निरज न्यौपाने (एसडिजी स्टुडियो), रत्नाकुमारी चौधरी (रेडियो नेपाल) र शुष्मा वराली (हिमाल मिडिया) रहेका छन् ।aajkopost

फेसबुकबाट तपाईको प्रतिक्रिया