कर्मचारीको भत्ता काट्दा नेताका भत्ता नकाटेकोमा कांग्रेस नेता खतिवडाको आपत्ती

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अर्थमन्त्रीद्दारा प्रस्तुत ७८र७८ को बजेटले निजामती कर्मचारीहरूको भत्ता लगायतका फजुल खर्च कटौती भए पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्वपदाधिकारीहरूको फजुल खर्चका बारेमा ध्यान दिन नसकेको भन्दै आलोचना गर्नुभएको छ । कोरोना संकटका बेला कर्मचारीहरूको मनोबल उच्च बनाएर राजश्व संकलनको लक्ष्य प्राप्त गर्न सकिने भन्दै कांग्रेस नेता खतिवडाले बजेटले कर्मचारीको मनोबल कमजोर बनाउको भन्दै टिप्पणी गर्नुभएको हो ।ग्रामीण क्षेत्रका युवाहरूका विषयमा ध्यान दिन नसकेको भन्दै चिन्ता जनाएका छन् ।

सरकारको तर्फबाट अर्थमन्त्री खतिवडाद्वारा बिहीबार संसदमा पेश गरिएको बजेटबारे टिप्पणी गर्दै कांग्रेस नेता खतिवडाले रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको बताए ।उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै बजेट बढाइएकोमा आशंका जनाए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा विगतमा झार गोडर नेकपाका कार्यकर्तालाई पैसा बाँड्ने कार्य गरिएको छ’, कांग्रेस नेता खतिवडाले भने, ‘कोरोना भाइरसको संक्रमणका कारण जनता जनता जोखिममा परेका छन् ।धेरैले रोजगारी गुमाएकालाई कसरी रोजगारी दिने भन्नेबारे स्पष्ट कुराहरू आएका छैनन् ।’ उनले कार्यकर्तालाई पैसा बाँड्ने कार्य भयो भने त्यसले जनतामा निराशा ल्याउने बताएका छन् ।निजामती कर्मचारीहरूप्रति निर्मम बनेको बजेटले सरकारको लक्ष्य प्राप्त गर्न नसक्ने कांग्रेस नेता खतिवडाले बताए ।

उनले भने, ‘कोरोना महामारीका कारण नेपाल मात्रै होइन विश्व नै संकट परेका बेला अर्थमन्त्रीजीले २।३ प्रतिशतले आर्थिक वृद्धि हुने बताउनुभएको छ । त्यो सम्भावना मैले देखेको छैन ।’स्वास्थ्य क्षेत्रमा बजेट बढाएको देखिए पनि कार्यान्वयनमा चुनौती रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् । बजेटले जति नै महत्वकांक्षा राखे पनि राजश्व संकलनमा अर्थमन्त्रीले सोँचअनुसार उठाउन सक्ने गरेर कार्यक्रम र योजना ल्याउन नसकेको उनले बताएका छन् ।सांसद विकास पूर्वाधार कार्यक्रमको बजेट पूर्ण रुपमा रोक्न भनेर जनस्तरमा आएको दवावलाई अर्थमन्त्रीले कटौती गर्न नसकेको भन्दै कांग्रेस नेता खतिवडाले असन्तुष्टि जनाए ।@radionrn