रेशम विकास कार्यक्रम अन्तर्गत वालिङमा निशुल्क मौरी घार वितरण

प्रकाशित मिति:

वालिङ, १५ जेठ । रेशम विकास कार्यक्रम कार्यालय मार्फत कृषकलाई वालिङमा निशुल्क तालिम र मौरी घार वितरण गरिएको छ । वालिङमा रहेको रेशम विकास कार्यालयमा रेशम खेती अलवा मौरी र च्याउ खेतीलाई समेत कृषकलाई आकर्षण गराउन विभिन्न तालिम र अनुदानका कार्यक्रम अन्तरर्गत विहिवार वालिङका १६ जना कृषकलाई निशुल्क तालिम र मौरी घार वितरण गरिएको रेशम विकास कार्यक्रमका वरिष्ठ अधिकृत विनोद हमालले जानकारी दिए । तालिम रेशम विकास कार्यक्रमका वरिष्ठ अधिकृत हमालले सहजीकरण गरेका थिए । मौरीको हेरचाह कसरी गर्ने र आधुनिक घारवाट मह उत्पादन र यसको फाइदा वेफाइदाका वारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा हमालले नेपालका जुनसुकै क्षेत्र मौरी पालनका लागि उपयुक्त भएकाले मौरी पालन व्यवसायीक रुपमै गर्न सहभागिलाई आग्रह गरेका थिए । उनले भने ‘अरु क्षेत्रजस्तो मौरीपालनमा श्रम गर्नुपर्दैन । प्राय सबै काम मौरीले नै गर्छ,’ ।

मौरी पालन महका लागि मात्र नभई मौरीले परागसेचन बढाई बालीको उत्पादनमा समेत वृद्धि हुने हुनाले कृषिमा समेत यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । महलाई औषधीको रुपमा प्रयोगमा ल्याइने भएकाले सामान्य घर परिवारले एक घार भएपनि मौरी पालन गर्न सुझाव दिएका थिए । वालिङ १ यवादीमा रहेको रेशम विकास कार्यक्रम अन्तर्गतको कार्यालय भित्रै विभिन्न जातका र विभिन्न ठाँउका मौरीको अनुसन्धान गरिरहेको समेत जानकारी दिए । यस कार्यक्रम अन्तर्गत रेशम खेती, च्याउ, मौरी र अन्य कृषिका कार्यक्रमहरु सन्चालन गरिरहेको जनाएका छन् । झण्डै दश हजार पर्ने मौरी घार र मौरी हेरचाह र सुरक्षाका सामाग्रि विशेष अनुदानमा उपलव्ध गराएका छन् । चिउरी खर्क मौरी घार उद्योगमा निर्मित आधुनिक घार १६ जना कृषकलाई निशुल्क प्रदान गरिएको थियो भने औजार र सुरक्षाका सामाग्रि ७० प्रतिशत अनुदानमा उपलव्ध गराइएको कार्यालयले जनाएको छ । तालिममा सहभागीहरुले मौरी पालन व्यवसायिक रुपमा सन्चालन गर्न सकिने खालको तालिमको माग समेत गरेका थिए ।