सांसद विकास कोषको बजेट घटाईयो

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ १५ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट घटाएको छ। बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट घटाइएको जानकारी दिएका हुन्।प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित १६५ सांसदलाई दिइने ६ करोड रुपैयाँबाट घटाएर चार करोडमा सीमित गरिएको हो। त्यसका लागि आगामी आर्थिक वर्षका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

सांसद विकास कोषबाट समेत चिनिने उक्त कार्यक्रममा हरेक निर्वाचन क्षेत्रका अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ छुट्याइएको थियो।यस कार्यक्रममा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा कार्यक्रम पूर्वाधार समिति हुन्छ। समितिमा प्रतिनिधिसभा समानुपातिक सदस्य, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ कार्यपालिका अध्ययक्ष र नगर कार्यपालिका प्रमुख सदस्य हुन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने