अमेरिकी राष्ट्रपति ले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरे

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया

US President Donald Trump speaks to the press after announcing and initial deal with China at the South Lawn of the White House in Washington, DC before departing to Lake Charles, Louisiana to hold a campaign rally on October 11, 2019. – President Donald Trump on Friday hailed a breakthrough in his drawn-out trade war with China, saying the two sides reached an initial deal covering intellectual property, financial services and currencies. (Photo by Nicholas Kamm / AFP) (Photo by NICHOLAS KAMM/AFP via Getty Images)

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि रूष्ट बनेका ट्रम्पले उक्त प्रकरणको ४८ घण्टाभित्र सामाजिक सञ्जालहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका हुन् । जारी कार्यकारी आदेशसँगै अब सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटेका छन् ।ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले सम्पादन गरे वा हटाए त्यसकाविरुद्ध प्रयोगकर्ता वा नियामक निकायले कानूनी उपचार खोज्न पाउने भएका छन् ।

ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेको बताएका छन् । उक्त कानूनले फेसबुक, ट्वीटर, युट्यूबसहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ ।उक्त कानूनको दफा २३० अनुसार आफ्ना प्रयोगकर्ताबाट पोस्ट भएका सामग्रीका लागि सामाजिक सञ्जालहरु जिम्मेवार हुँदैनन् । तर सामाजिक हितका लागि ती सामग्रीलाई हटाउने वा चेतावनी राख्नेसहितका काम भर्ने गर्न पाउँछन् ।ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा सामाजिक सञ्जालले प्रयोगकर्ताबाट पोस्ट भएका सामग्री सम्पादन गरेमा अब भने दफा २३० अन्तर्गतको नियम लागु नहुने उल्लेख छ ।कार्यकारी आदेश जारी गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको बताएका थिए ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको एवं सेन्सर गरेर वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग लगाउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला