नेविसंघ र दलित संघ द्धारा हत्यारालाई कडा कारवाही गर्न माग

प्रकाशित मिति:

काठमाडौं – पश्चिम रुकुममा दुलही ल्याउन गएका जाजरकोटका नवराज विक सहितको हत्या हुने गरी भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० र नेपाल दलित संघले काठमाडौंको माइतीघर मण्डलामा संयुक्त आन्दोलन गर्दै कारवाहीको माग गरेका छन् ।पश्चिम रुकुम हत्याकाण्डको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रमपछि कोणसभा समेत गरिएको छ ।

धर्ना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, संविधानसभा सदस्य राजीवविक्रम शाह, नेविसंघका महामन्त्री दीपक भट्टराई र तरुण नेत्री लक्ष्मी खतिवडा लगायतले सम्बोधन गरेका थिए ।विरोध कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य परियारले पश्चिम रुकुम घटनाका दोषीलाई कडा कारवाही हुनुपर्ने माग गरे । ‘जातीय सद्भाव भड्किने गरी भएको यतिठूलो अपराध कहिल्यै पनि हुन सक्दैन । यस घटनाको नेतृत्व सत्तारुढ नेकपाबाट निर्वाचित जनप्रतिनिधिले गर्नु निन्दनीय छ,’ उनले भने । वर्तमान कम्युनिस्ट सरकार अपराधीलाई संरक्षण गर्ने कोसिस गरिरहेको देखिएकाले आन्दोलनमा उत्रिनुपरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । ‘अपराधीको संरक्षण गरिनु कांग्रेसलाई मान्य हुने छैन,’ महामन्त्री भट्टराईले भने ।