दाङमा उपचार गराइरहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गराइरहेका ८ जना अस्पतालबाट डिस्चार्ज हुन लागेका छन्।दाङ, बाँके र कपिलवस्तुका आठजना कोरोना जितेर भएर घर जान लागेका हुन्। संक्रमण पछिको दुईवटा परीक्षण नेगेटिभ देखिए पछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गर्न लागेको अस्पताल व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए ।

अस्पतालमा उपचाररत १६ जनाको परीक्षण गरिएकोमा ८ जनाको नेगेटिभ आएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।बाँकेका तीनजना, कपिलवस्तुका ४ जना र दाङका एकजनाको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्च गर्न लागिएको हो।अहिले अस्पतालमा ४० जना कोभिड १९ संक्रमितको उपचार भइरहेको छ ।सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए । उनीहरु सबै १० देखि १४ दिनको अस्पताल बसाइपछि डिस्चार्ज हुन लागेका हुन्।अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने