रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
32 Shares


१६ जेठ, बुटवल  –  अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित पांचजनाको ‘हत्या’ र देवदहमा एक दलित युवतीको शंकास्पद मृत्यु घटनाको छानवीन गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ । पार्टीका रुपन्देही अध्यक्ष रामअवतार यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय विवाह हुन नदिने उद्देश्यले रुकुम पश्चिमका केटी पक्षका गाउंलेहरुले जाजरकोटका दलित युवा सहित पांचजनालाई लखेटेर हत्या र एकजना बेपत्ता पारेको घटनाको घोर निन्दा र भत्र्सना गरेका छन् । मुलुक छुवाछुत मुक्त र जातीय भेदभाव उन्मुलन घोषणा भएपनि २१ औं शताब्दीको वर्तमान युगमा पनि जातको आधारमा विभेद गर्दै मानिस–मानिस बिच छुवाछूतको आधारमा अमानवीय व्यवहार गर्दै प्रेम सम्बन्ध र विवाहलाई बिथोलेर जातीय साम्प्रदायिकता भड्काउने गरी दलित युवकसहित पांचजनाको हत्या भएको घटनामा संलग्न दोषिहरूलाई हदैसम्म कडा सजायको माग समाजबादी पार्टी रूपन्देहीले गरेको छ । मुत्यृ भएका युवाहरूलाई सांस्कृतिक शहिद घोषणा गर्न पनि समाजवादीले माग गरेको छ । यस्तै रूपन्देही जिल्लाको देवदह नगर पालिका वडा नंंं. ११ मा दलित युवतीलाई बलात्कार गरिएको र बलात्कार गर्ने युवकलाई युवती जिम्मा लगाउन खोज्दा युवकको आमाले पानी नचल्ने जातकी केटीलाई घरमा प्रबेश गर्न नदिने बताउंदै कुटपिट गरेको र सोको केही समयपछि युवतीले आत्महत्या गरेको घटनाको पनि छानवीन गर्न माग गरिएको छ ।

दुबै घटनाको दोषीलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्न विज्ञप्तिमार्फत सरकारसंग माग गरिएको छ । समाजवादी पार्टी रुपन्देही अध्यक्ष भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलालपार्कमा भेला भएर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातिय आधारमा हत्या कहिले सम्म ?’, ‘हामी कहिलेसम्म मौन बस्ने ?’ ‘जवाफदेही को ?’, ‘मान्छे मान्छेमा के फरक छ र ?’, ‘संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि बोल्दै पुर्व सांसद एवं दलित अधिकारकर्मी विनोद पहाडीले उक्त घटना जातीय भेदभावकै आधारमा भएको जघन्य अपराध भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही नभए आन्दोलन चर्किने बताए । घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उनले त्यसो गरिए लकडाउन उल्लंघन गरेरै दलितहरु आन्दोलनका लागि सडकमा आउने चेतावनी दिए । मानव अधिकार तथा शान्ति साजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले उक्त घटना मानवताविरुद्धको क्रूर अपराध भएको भन्दै यो घटनाले नेपाललाई विश्वमै कलंकित र लज्जित बनाएको बताए ।दोषीले कारवाही र पीडितले न्याय नपाएसम्म यो घटना नसेलाउने भन्दै सरकारले यसलाई गम्भरिरुपमा लिनुपर्ने आग्रह गरे ।

समाजवादी पार्टीका युवा नेता नरबहादुर सुनारले घटनालाई तोडमोड गर्ने प्रयास र चलखेल भएको भन्दै मानवअधिकारकर्मी र सञ्चार जगतले यो घटनालाई महत्व दिनुपर्ने बताए ।प्रधानमन्त्रीलाई ज्ञापनपत्र – रूकुम पश्चिममा भएको उक्त घटनाको बिरोधमा दलित अधिकारकर्मीहरुले भैरहवामा जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र बुझाएका छन् । रूकुम घटना दोषीलाई कार्वाही,घटनामा मृत्य भएका युवाहरूलाई सांस्कृतिक शहिद घोषणा र संसदीय छानबिन समिति गठनको माग गर्दै मिलनचोकबाट मैत्रिपथ हुँदै जिल्ला प्रशासन कार्यालयसम्म नाराजुलुससहित पुगेको अधिकारकर्मीो टोलीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना र कोणसभा समेत गरिएको छ । कोणसभामा दलित नेता प्रेम कुमार सेन्चुरी, समाजवादी पार्टीका केन्द्रीय सदस्य किस्मत विक, पदम बिक, तेजप्रसाद सेन्चुरी, जोगलाल बिक, हरिओम बिक,ध्रुव लाम्गादे लगायतले रूकुम घटनाले सिंगो दलित समुदायलाई आन्दोलित बनाएको भन्दै दोषीलाई कारवाहीको माग गरे । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीबीचको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने क्रममा विकले गाउंबाट साथीहरु ल्याएर प्रेमिका भगाउन खोजेपछि किशोरीको गाउंका मान्छेले लखेट्ने क्रममा चार जनाको ज्यान गएको छ । दुई जना वेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा