कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


१६ जेठ,कञ्चन – योजना शुरु भएदेखि उक्त ठाउमा कामदारहरुले निर्माण स्थल वरीपरी खुल्ला रुपमा दिसा गर्दै आएपछि दुर्घन्ध फैलिदै गइरहेको छ । कञ्चन गाउपालिका खुल्ला दिसा मुक्त क्षेत्र भएपनि योजनाका ठेकेदार मृत संजिवनी एण्ड बिध्याञ्चल जे.भि.ले निर्माण स्थलमा अस्थाई शौचालय नबनाइदिएका कारण कामदारहरुले बिगत २ बर्ष देखि खुल्ला ठाउमा दिसा पिसाव गर्न बाध्य भएका हुन ।स्थानियहरुले पटक पटक शौचालय बनाउन अनुरोध गर्दा पनि योजनाका ठेकेदार मृत संजिवनी एण्ड बिध्याञ्चल जे.भि.का प्रतिनीधि ठेकेदार आबिस गर्तौलाले बेवास्ता गर्दै आएको र योजनाको ८० प्रतिशत काम सम्पन्न भइसक्दा पनि शौचालय नबनाई कामदारहरुलाई खुल्ला दिसा गर्न बाध्य बनाएकोले समाजमा दुर्घन्ध फैलिएको छ ।कञ्चन गाउपालिका वार्ड नं. ३,४ र ५ का जनताहरु सोही योजनाको बाटो भएर गाउपालिका जान आउन समेत निकै समस्या भएकोले स्थानियहरुले ठेकेदारलाई शौचालय बनाउन अन्तिम पटक २ दिनको समय दिएका छन ।

यदि दुई दिन भित्र शौचालय नबनाए योजनाको कामलाई अवरुद्ध गर्ने समेत चेतावनी दिएका छन ।आ.ब. २०७२०७३मा सम्झौता भई कार्य शुरु भएको कञ्चन बांध सिचाई योजनाको हाल सम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाकी काम पनि आगामी असार मसान्त सम्म सकिने मृत संजिवनी एण्ड बिध्याञ्चल जे.भि.का आबिस गर्तौलाले बताएका छन । यस अघि उक्त योजनामा काम गर्ने कामदारहरुले कञ्चन नदी पुल निर्माण गरेको रायमाझी कन्स्ट्रक्सनले निर्माण गरेको अस्थाई शौचालयमा दिसा गर्दै आएका थिए ।सो अस्थाई शौचालय पनि कञ्चन बांध सिचांई योजना संचालनको क्रममा माटो उत्खनन गर्दा भत्काए पछि कामदारहरुले खुल्ला रुपमा दिसा पिसाव गर्दै आएका हुन ।साथै योजना संचालनका लागि आवस्यक पर्ने सामाग्रीहरुको ढुवानी गर्दा योजना स्थल वरीपरी ठूला सवारी साधनले भत्काएको बाटोको मर्मत समेत नगर्दा बर्षाको समयमा गाउपालिका जान आउन समस्या हुदै आएको स्थानियहरुले गुनासो गर्दै आए पनि ठेकेदारले उक्त बाटो मर्मत गर्न पनि अटेर गर्दै आइरहेकोले बर्षा हुनु अगाडी नै योजना स्थलको दुबै तर्फको बाटो समेत मर्मत गर्नु पर्ने अनिवार्य शर्त राखेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया