मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


भैरहवा  –  रोहिणी गाउँपालिका अन्र्तगत धकधईका युवाहरुले जातीय बिभेद बिरुद्ध ऐक्यवद्धता जनाएका छन् । उनिहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरि जातीय बिभेद गर्नेलाई कार्यवाहीको माग गरेका छन् ।मुलुकमा बढ्दै गई रहेको जातीय बिभेद बिरुद्धको आवाज उठ्दै गईरहेका छन् ।

पछिल्लो समय देशमा जातीय बिभेदको क्रुर रुपहरु अगाडी आउदा दलित समुदाय मात्र नभई सम्पूर्ण देश नै आक्रोशित भएको छ । बिभिन्न गैरदलित संघ संस्थाहरु पनि जातीय बिभेद बिरुद्ध आन्दोलित रहेको छन् । यहि क्रममा धकधईका युवाहरुले पनि यसमा ऐक्यवद्धता जनाएका छन् ।स्थानिय समाजसेवी तथा नेकपाका नेता भोला क्षेत्रीको अगुवाईमा धकधईका युवाहरुले बिभिन्न प्लेकार्ड सहित जातीय बिभेद गर्नेलाई

कार्यवाहीको माग गरेका छन् । रोहिणी गाउँपालिकाको धकधई चोकमा आयोजना भएको ¥याली तथा कोण सभामा बोल्दै युवा भोला क्षेत्रीले अहिलेको अवश्थामा पनि जातीकै आधारमा भेदभाव गर्नु निन्दाजनक रहेको बताए ।“दलितको हत्या बन्द गर”, “जातीय बिभेद अन्त्य गरौ”, देवदह घटनाका दोषीलाई कार्यवाही गर”, रुकुम भएको हत्याको अपराधीलाई कार्यवाही गर” लगायतको नारा रहेको प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग