उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालका विभिन्न जिल्लामा फैलन थालेपछी पश्चिम नवलपरासी जिल्लाको बर्दघाट उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको निशुल्क कोरोना विमा गर्ने बताएको छ । संघको शुक्रबार सम्पन्न भएको बैठकले चालु आर्थिक बर्षमा नविकरण भएका सदस्यहरुको कोरोना विमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ । संघका आवद्ध सदस्यहरुमध्य नविकरण नगराएका सदस्यहरुको हकमा भने जेठ १८ गते देखि २५ गते भित्र नविकरण गर्न सकिने र कोरोना विमाको सुविधा लिन सकिने निर्णय गरिएको छ भने तत्पश्चात निविकरण गर्न आउने सदस्यको विमा गर्न नसकिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।

संघले सदस्यहरुको ५० हजार बराबरको विमा गरिदिने र नविकरण शुल्क बाहेक विमाका लागि अतिरिक्त शुल्क नलिने बताउदै संघका महासचिव दिनेश न्यौपानेले विमा कम्पनीलाई बुझाउनुपर्ने रकम संघले आफैले बेहोर्ने बताउनुभएको छ । संघमा रहेका सवै सदस्यहरुले तोकेको समयमा नविकरण गरे झण्डै १३ सय भन्दा बढी सदस्यहरु लाभान्वित हुने संघका सचिव दामोदर पाण्डे (निर्मल) ले बताउनु भएको छ। विमा बापतको रकम विमितलाई कोरोना संक्रमण पुष्टि भएमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । पछिल्लो समय कोरोेना संक्रमणहुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि विभिन्न संघ संस्थाहरुले आफ्ना सदस्य तथा कर्मचारीहरुकोको कोरोना विमा गर्ने क्रम बढ्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु