नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा

१६ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं ।  नेविसंघका महामन्त्री युवराज पाण्डेले रुकुमपश्चिममा जुन नरसंहार घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे । उनले भने,‘रुकुमपश्चिममा जुन नरसंहार भएको छ । यसले स्तब्ध बनाएको छ । यो मानवताविरोधी अत्यन्तै पाश्विक घट्ना भयो। अन्तरजातीय प्रेमसम्बन्धलाई विषय बनाएर युवाहरुको क्रुर हत्या गरियो, यो निन्दनीय छ ।  उनले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।  नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो । उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ । संघले घटनामा राजनीतिकरण नगर्न पनि चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्व अध्यक्ष मञ्जित ताम्राकारले २१ औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए ।

आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे । उनले भने,‘यो घट्ना दलित समूदायमाथि मात्रै भएको घट्ना होईन । जनार्दन शर्माको निर्देशनमा यो घट्ना भएको हो । संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने किसिमको उनको भनाई थियो ।’ नवराज बिकलगायत युवाहरुलाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाईएको उनको आरोप छ । मानवता पक्षधर, लोकतन्त्रको पक्षधर हामी यो घट्नाको विरोधमा छौं ।’ उनले वर्तमान सरकार र सत्तारुढ दल नेकपाले घट्नालाई राजनीतिकरण गर्न खोजेको पनि गम्भिर आरोप लगाए । नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे । उनले भने,‘गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । मुलुकमा यति धेरै जघन्य अपराधका घट्ना घटिरहेका छन् ।@nayapusta

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला