कम्पनीबाट निकालिएका सात नेपाली दुई महिनादेखि माल्दिभ्समा अलपत्र

१७ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ १६ । कम्पनीले निकालेपछि माल्दिभ्समा सात नेपाली दुई महिनादेखि अलपत्र परेका छन्। माल्दिभ्सको राजधानी मालेमा कार्यरत कञ्चनपुरका विश्वास तामाङ, रेशमबहादुर तामाङ, चन्दु थापा, दैलेखका दीपक मल्ल, दिनेश मल्ल, लमजुङका आनन्द सेढाई र सुनसरीका विष्णु रानामगर माल्दिभ्समा अलपत्र परेका हुन्। उनीहरु २ वर्षअघि व्यक्तिगत श्रम स्वीकृतिमा माल्दिभ्स पुगेका थिए। कामबाट निकालिएपछि अलपत्र परेको खबर दिँदा पनि सरकारले आजसम्म कुनै उद्धारको प्रयास नगरेको उनीहरुको गुनासो छ। वैशाखमा उनीहरु अलपत्र परेको समचार काठमाडौं प्रेसमा प्रकाशित भएपछि श्रीलंकाको कोलम्बोस्थित नेपाली दुतावासले खर्चस्वरुप साढे तीन सय डलर उनीहरुलाई पठाएको थियो। उक्त सहयोग बाहेक अन्य केही नपाएको उनीहरु बताउँछन्।

दुतावासले साढे तीन सय डलर पठाएको थियो। हामी होटलमा बसेका थियौं, एक सातालाई समेत खर्च पुगेन,’ विश्वास तामाङले भने, ‘त्यो बाहेक सरकारी तवरबाट खोज खबर भएको छैन। अहिले उनीहरुलाई माल्दिभ्समा बस्दै आएका नेपालीहरुले सहयोग गर्दै आएका छन्। ‘यहाँ बस्नुहुने नेपालीहरुले सहयोग गरिरहनुभएको छ। कल्पना महर्जन दिदीले खाना खुवाउने गर्नुभएको छ,’ तामाङले भने।आफूहरुलाई गैरकानूनी रुपमा राजीनामा पत्र थमाएर कम्पनीले निकालिदिएको तामाङको भनाइ छ। ‘तीन महिनाको तलब नै नदिई कम्पनीले निकालिदियो । अहिले कष्टकर जीवन बिताइरहेका छौं,’ उनी भन्छन्, ‘मागेर खानुपर्ने अवस्था छ। हामी नेपाल फर्कन चाहान्छौं। तर, सरकारले हाम्रो चित्कार सुनेन।’ साढे तीन सय डलर सहयोग गरेयता माल्दिभ्स हेर्ने कोलम्बोस्थित नेपाली दूतावसले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ।

दुई वर्षअघि नमस्ते नेपाल म्यानपावर कम्पनीमार्फत् उनीहरु व्यक्तिगत श्रम स्वीकृतीमा माल्दिभ्स पुगेका थिए। मालेमा रहेको सेक्युरिटी कम्पनी एक्सकप्स प्रालिमा सुरक्षागार्डको कामका लागि उनीहरु माल्दिभ्स पुगेका हुन्।हाम्रो कम्पनीले हामीलाई सेन्टारा रास फुसी रिसोर्ट र सेन्टारा ग्रान्ड आइल्यान्ड रिसोर्टमा सेक्युरिटीको कामका लागि पठाएको थियो। कोरोनाका कारण रिसोर्ट बन्द भएपछि रिसोर्टले हामीलाई निकाल्यो,’ उनीहरु भन्छन्, ‘रिसार्ट बन्द भएपछि कम्पनीले हामीलाई जबर्जस्ती राजीनामा थमायो र हामीलाई निकाल्यो । हाम्रो पासपोर्ट, वर्क परमिट लेटर, परिचय पत्र पनि उसलै राख्यो।काठमाडौप्रेसवाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया