नेकपाको सचिवालय बैठक बस्दै

१७ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमसीसीमा पार्टीभित्र दुई धार देखिरहँदा बजेटमा नै एमसीसीको कार्यक्रम समेटिएपछि नेकपाभित्र विवाद अझ बढी चर्किएको छ ।बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी रोकथाममा सरकारले चालिरहेका कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया