मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभाव, बिभिन्न स्थानमा वर्षा

प्रकाशित मिति:

काठमाडौं / मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू(भागमा बनेको निम्न चापीय रेखाको प्रभावले वर्षा भइरहेको हो ।

महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू(भागमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।आगामी २४ घण्टासम्म देशका केही भू(भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।