किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री

प्रकाशित मिति:

स्याङ्जा—१७ जेष्ठ। विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनमा स्याङ्जाका किसान मर्कामा परेका छन् । आफुले उत्पादन गरेको तरकारी लकडानका कारण बजार नपाएपछि किसानहरु मर्कामा परेका हुन् । किसानको समस्यालाइ लक्षित गर्दै स्याङजाको भीरकोट नगरपालिकाले कृषि उपज खरिद तथा बिक्री केन्द्र स्थापना गरी किसानको तरकारी जन्य उपज व्यवस्थापन गरिदिएको छ । लकडाउनको कारण किसानले उत्पादन गरेको कृषि उपजले सहज बजार नपाएको गुनासो किसानले नगरपालिकालाई गर्न थालेपछि पालीकाले केन्द्रको स्थापना गरेर किसानको तरकारी खरिद विक्रिको बातावरण मिलाएको छ । भीरकोट नगरपालिकाले कृषकको उत्पादन खरीद गर्ने र सोही मुल्यमा उपभोक्तालाइ बिक्री गर्ने अभियानको शुरुवात गरेसँगै बिचौलीयाको अन्त्य हुने भएपछी यहाँका किसान पनि निकै हर्षित बनेका छन् ।

तरकारी उत्पादन गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका भीरकोटका किसान लकडाउनको कारण खेतबारीमा तरकारी कुहीने समस्या बढ्न थालेपछि नगरपालिकाले किसानको तरकारी खरिद गर्ने अभियान चलाएको हो । लकडाउनमा यहाँका किसान, दैनिक ज्यलादारी मजदुरकारको समस्या बुझ्ने नै स्थानीय सरकार हो भीरकोट नगर प्रमुख छायाँराम खनालले भने,“किसानको तरकारी बारीमा कुहिने बातावरण नहोस भनेर तरकारी खरिद विक्रि गरिदिने जिम्मा नगरपालिकाले लिएको हो ।” किसान सगँ जति मुल्यमा खरिद हुन्छ सोही मुल्यमा उपभोक्ताले तरकारी किन्न पाउने छन् उनले भने । तरकारी जन्य बस्तुबाट विचौलीया मोटाउने अवस्था थियो खनालले भने,“यो सगै विचौलीय मोटाउने भन्दा पनि किसान र उपभोक्तालाई फाईदा हुने अभियानको थालनी भएको हो ।” किसानको उत्पादनलाई बजारको जिम्मेवारी नगरपालिकाले लिएपछि किसानहरुमा थप उत्साहा थपिएको छ उनले भने ।

नगरपालिकाले दुई कर्मचारी खटाएर भीरकोट स्थित बसपार्कमा खरिद विक्रि केन्द्र संचालन गरेर किसान र नगरपालिकाका प्रतिनिधिले तोकेको मुल्यमा खरिद विक्रि गरिदै आएको छ । नगरपालिकाले किसानको तरकारी जन्य बस्तु खरिद गरिदिएपछि किसानहरु खुशी भएका छन् । कृषकले बिक्री गरेकै मुल्यमा उपभोक्ताले खरीद गर्न पाउने भएकोले बिचौलीयाको समस्या अन्त्य भएकोमा कृषकहरु निकै हर्षित भएको भीरकोट ५ का किसान रमाकान्त पौडेलले बताए । लकडाउनले हाम्रो तरकारीले बजार पाएको थिएन पौडेलले भने,“नगरपालिकाले हाम्रो तरकारी खरिद गरिदिएपछि अहिले ढुक्क छौं ।” किसान देखि उपभोक्त सम्म तरकारी पुग्दा विचौलीयाको रजाई अन्त्य भएको छ यसको नगरपालिकाले निरन्तरता दिनु पर्छ उनले भने ।सामाजिक दुरी कायम गर्दै किसानले बिहान ११ बजेसम्म केन्द्रमा तरकारी ल्याउने र ११ देखी ४ बजेसम्म उपभोक्ताले केन्द्रबाट हरीयो र ताजा तरकारी खरीद गर्न सक्ने व्यवस्था मिलाइएको छ । किसान र उपभोक्ता दुबैलाइ फाइदा गर्ने यो अभियानले बिचौलीया मोटाउने रोगको अन्त्य सगै यस्तो बिषयमा अन्य पालिकाले पनि ध्यान दिन सके किसानको पसिनाको मुल्य जोगिने महत्वपूर्ण भुमिका हुने भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले बताए । पर्यटकीय सगै कृषिमा अन्य पालिका भन्दा अगाडी रहेको यो नगरपालिका जिल्लाको मधयभागमा रहेको छ ।