क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन

१७ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माउनु भएको हो । वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए ।भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उहाँले बताउनुभयो । सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताउनुभयो ।

उहाँका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ । क्वारेन्टिनमा सुत्केरी महिला बूढीगङ्गा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको पाइएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली रहेको वडा सदस्य थापाले बताउनुभयो ।भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उहाँका श्रीमान्समेत सोही क्वारेन्टिनमा बस्दै आउनुभएको छ । क्वारेन्टिनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताउनुभयो । उनीहरुको सुरक्षा सामग्री प्रयोग गरी जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ ।@radio nrn

फेसबुकबाट तपाईको प्रतिक्रिया