संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि नै संशोधनका पक्षमा मतदान गर्ने तर त्यसलाई पार्टीको केन्द्रीय समितिबाट निर्णय गर्ने बताउँदै आएको थियो । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।