रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ : नेविसंघ महामन्त्री पाण्डेय

प्रकाशित मिति:

काठमाडौँ – रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । कांग्रेस पाठशालाको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो । सहभागीहरुले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका थिए ।प्रदर्शनलाई नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिना र युवराज पाण्डेय निमा गिरी र तपेन खड्काले सम्बोधन गरेका थिए ।

उनीहरुले “सरकारले पिडितलाई न्याय दिन खोजिरहेको छैन त्यसैले हामीहरु दोषीलाई कानुनी कठघरामा उभ्याउन खबरदारी गर्छौं न्यायको लडाइँ निरन्तर रहने पनि बताए । प्रदर्शनमा नेपाल विद्यार्थी संघ एवं दलित विद्यार्थी संघका नेताहरुको उपस्थिति थियो । गत शनिबार प्रेमिका लिन १८ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोतीका गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता रहेका छन् ।