चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी क्षेत्रमा भबिष्य खोज्दै

प्रकाशित मिति:

बुटवल । कुनै पनी पेशामा निरन्तर लागीरहने हो भने सफलता प्राप्त गर्न त्यती कठिन छैन भन्ने उदाहरणका पात्र बनेका छन् – प्रेम पन्थि । रुपन्देहीको सियारी गाउपालीका वडा नम्बर ५ सिद्धपुरका पन्थि पेशाले कृषी र निर्माण क्षेत्रसग सम्बन्धित छन ।बिगत लामो समयदेखी सियारीमै लक्ष्मी मत्स्य फर्म सन्चालन गरीरहेका उनी त्यहाका स्थापीत युवा ब्यबसायीका रुपमा परिचित भैसकेका छन । यो परिचय पाउनुका पछाडी उनका सर्घषका कथा भने बेग्लै छ । बुवा चन्द्रकान्त र आमा देबीमाया पन्थिका छोरा प्रेम कुनै समय स्वास्थ्यका कारण चिन्तित अबस्थामा थिए । २५ बर्षअगाडी उनले नया जिबनको सुत्रपात गरेका थिए । सकारात्मक सोच र केहि गर्नुपर्छ भन्ने भावनाका कारण उनी अघि बढ्दै गए र आजको दिनमा सफलताको स्वाद चाखिरहेका छन । हाल उनी रुपन्देही मत्स्य ब्यबसाय सघंका बरिष्ठ उपाध्यक्ष पनी हुन । दुइदशक अघिदेखी नै माछा पालन ब्यबसायबाट कृषी क्षेत्रमा होमीएका उनी नेपाली भुमिमै केहि गनुपर्छ भन्ने सोचकै कारण नेपालमा टिके ।
आफ्ना समकालीन साथीहरु बैदैशिक रोजगारमा जादा उनी भने सुख  दुख आफ्नै भुमिमा सुनौलो सपना बुनिरहेका हुन्थे ।

धेरै आरोह अबरोह पार गरे , सबलपोष्टसग कुराकानी गर्दै पन्थीले भने – कृषीकर्मलाइ कहिल्यै छोडीन साथमा पछिल्लो समय निर्माण क्षेत्रमा पनी काम गरे । जेसीबी र ट्याक्टर मार्फत कन्स्ट्रक्सनमा पनी अघि बढ्दै गएका उनी मेहेनत धैयर्ता र लगनशिलता नै सफलताको कडी भएको बताउछन । यसैभन्दै गर्दा म ठुलै सफल ब्यक्ति होइन , पन्थिले हिजोका दिन सम्झीदै थपे – बिगतको दुख पिडा र अभाबबाट गुर्जिदै यहासम्म आइपुगेको छु म यसैमा सन्तुष्टी छु । ८, १० जनालाइ रोजगार पनी दिएको छु । ” उनले २ बिगाहामा आधुनिक कृषी फर्म सन्चालन गरेका छन भने अन्य जग्गामा धानदेखी मकै खेतीसम्म गर्न भ्याएका छन । कृषीकर्ममा लागेका सियारीका युवाहरुलाइ सहयोग समेत गर्दै आएका पन्थि नेपालमा अबको भबिष्य कृषी क्षेत्रमै रहेको बताउछन । ४ दशक पार गरेका उनी सादा जिबन र उच्च बिचारका साथ अगाडी बढ्छन । कृषीलाइ जबसम्म आधुनिकिकरण गरिदैनन तबसम्म यसले फड्को मार्न सक्दैन भन्ने मान्यता राख्ने उनी गाउका स्थानीय युवाहरुलाइ पनी स्वदेशमै कर्म गर्न सुझाउछन । परिवारको साथ र लगनशिलताले माथी उठेका पन्थि अबको दिनमा पनी कृषी क्षेत्रमै रमाउने बताउछन ।