थारु पत्रकार संघ द्वारा पत्रकार चौधरी माथी ज्यान मार्ने प्रयाश गर्ने दोषीलाई कार्बहिको माग

प्रकाशित मिति:

जेठ बुटवल । रेडियो नमस्ते टीकापुरमा कार्यरत प्राविधिक पत्रकार बिफा चौधरी माथी शुक्रवार राती अज्ञात समुहले संगठनिक रुपबाट आक्रमणको घटना प्रति थारु पत्रकार संघ नेपालले खेद व्यक्त गदै दोषिलाई कडा भन्दा कडा कार्बहिको माग गरेको छ ।संघका महासचिव सन्तकुमार चौधरी द्वारा शनिबार जारी विज्ञप्तिमा स्वतन्त्र रुपमा लेख्न र बोल्न पाउने अधिकारलाई कुण्ठित बनाउने गरी पत्रकार चौधरी माथि भएको घटना सह्य हुनेखालको छैन भनिएको छ ।

संघले आक्रमणबाट घाइते भएकी पत्रकार चौधरीको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न भएका व्यक्तिहरुको पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग समेत गरेका छ । विज्ञाप्तिमा –“पत्रकार चौधरी माथीको आक्रमणले सिङ्गो प्रेस माथि आक्रमण भएको हामीले ठानेका छौं । रेडियोमा प्रशारण भएको समाचार चित्त नबुझेमा कानुनी बाटो हुँदा हुँदै अज्ञात शैलीमा अपहरण गरी ज्यान मार्ने प्रयास भएको घटनाको घोरभत्र्सना गर्दछौं ।” भनिएको छ ।  संघले घटनालाई गम्भीर रुपमा लिएर तत्काल छानविन गरी दोषिउपर कडा कार्वाहीका लागि स्थानीय प्रहरी, प्रशासन सँग जोडदार माग समेत गरेको छ ।