आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा एक लाख सहयोग 

प्रकाशित मिति:

सैनामैना/स्याङ्जको भिरकोटमा रहेको आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटडले प्रदेश ५ सरकारको विपद् ब्यवास्थापन राहत कोषमा  एक लाख जम्मा गरेको छ ।वित्तिय संस्था सैनामैनाका शाखा प्रमुख भिख्खु प्रसाद चौधरीले आइतबार मुख्य मन्त्री शंकार पोखरेललाई सो रकम बराबरको चेक हस्तान्त्रण गर्नु भएको हो ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९को रोकथाम, नियन्त्रण तथा संक्रमित ब्यक्तिको उपचारमा सहयोग गर्ने उद्श्यले सहयोग स्वारुप रकम राहत कोषमा जम्मा गरिएको संस्थाका सैनामैना शाखा प्रमुख भिख्खु प्रसाद चौधरीले बताउनु भयो ।कोरोना संक्रमितको संख्य बढ्ना थालेपछि थप जोखिम बढेको छ । यस महामारीको जोखिमलाई समाना गर्न यस खालको सहयोगले महत्वपुर्ण भुमिका खेल्ने मुख्य मन्त्री शंकर पोखरेलले बताउनु भयो । सबैको सहकार्यमा महामारीको लाडाई जित्नु पर्ने उहाँको भनाई छ ।