लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ

१८ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


राकेश कुमार शर्मा/मन्त्रीहरु र नेताहरूको मनपरि रु अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरूको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।अब लकडाउन लम्ब्याउने हो भने बाहिरी मुलुकहरू जस्तै नागरिकहरुको पालनपोषण र खातामा पैसा आदि आदि जस्ता सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।

प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु र सांसदहरूलाई मन्त्रीपरिषद बैठक, सुरक्षापरिषद बैठक, प्रतिनिधि सभा बैठक, प्रदेश सभा बैठक, सर्वदलीय बैठक र स्थायी समिति बैठक आदि आदि जस्ता बैठकहरु बस्न्लाई लकडाउन लागु नहुने रु सर्वसाधारण नागरिकहरुलाई मात्र लकडाउन हो। सर्व साधारण नागरिकहरूले मात्र कष्ट र पिडा झेल्नुपर्ने होइन र रु अब मन्त्रीहरू र नेताहरूको अन्याय र अत्याचार अति नै भयो ।लकडाउनमा सर्व साधारण नागरिकहरूलाई मात्र कडाइ गरेर समस्या समाधान हुन्न रु लकडाउनको कानुन र नियमहरु बनाउनेले पनि उल्लंघन गरेमा पनि कार्वाही हुनुपर्छ ।लकडाउनमा हत्या, हिंसा र कालोबजारी बढेको छ ।

लकडाउनको समयमा मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु र नेताहरूले प्रतिनिधि सभा बैठक, सर्वदलीय बैठक, स्थायी समिति बैठक, मन्त्रीपरिषद बैठक र सुरक्षापरिषद बैठक आदि आदि जस्ता बैठकहरुको बैठक भत्ता लिने गरेको छ की छैन रुलकडाउन भनेको छ कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के

क्वारेन्टाइनमा बस्ने नागरिकहरु माथी लापरबाही भइरहेको जनगुनासो पनि आइरहेको छ । क्वारेन्टाइनमा बस्न मानेनन किन रु क्वारेन्टाइन बाट भाग्नुको कारण के रु क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा सेवा सुविधाहरु हुन आवश्यक छ ।कोरोना भाइरसले भन्दा नागरिकहरुलाई चिन्ताले बढी सताएको छ । मानिसलाई रोगले भन्दा शोक र चिन्ताले बढी गलाएको छ।लकडाउन पश्चात झनै कोरोना संक्रमित र मृत्यु संख्या बढेको देखियो । रोग निर्मुल कहिले पनि हुँदैन यसकारण अब सुरक्षित ढंगले नागरिकहरुले आफ्नो सुरक्षा आफै गर्ने हो । लकडाउन मात्र समस्याको समाधान होइन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव