भएन पदमुक्तको नाटक बन्द, गोरखापत्रमा उपाध्ययलाई फेरी थमौती

प्रकाशित मिति:

काठमाडौँ कात्तिक १४/  सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्यायलाई दोस्रो पटक थमौती दिएको छ । आइतबार दोस्रोपटक सरकारले पदमुक्त गर्ने निर्णय गरेका उपाध्यायलाई नहटाउन बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

सरकारको निर्णय लगत्तै सर्वोच्च पुगेका उपाध्यायलाई नहटाउन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन गर्न आदेश दिएको हो ।

२०७४ मंसिर २५ गते तत्कालनी शेरबहादुर देउवा नेतृत्वको सरकारले उपाध्यायलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिलाई एक मुष्ट खारेज गर्ने निर्णय असार २९ गते गरेका थिए ।

त्यतिबेला पनि पदमुक्त भएको पत्र पाएका उपाध्याय सर्वोच्चको आदेशअनुसार थमौति भएका थिए ।