चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?

प्रकाशित मिति:

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन, चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ । के तपाईं सधैभन्दा कम चुरोट सेवन गर्न सक्नुहुन्छ रु दिनमा चार–पाँच पटक चुरोट सेवन गरिरहनुभएको छ भने यसको संख्या दुई वा एकमा झार्न सक्नुहुन्छ रु यसैगरी अर्को दिन एक, त्यसपछि दुई दिनमा एक । जब यसरी क्रमस चुरोट छाड्ने संकल्प गर्नुहुन्छ, तपाईंले आफैभित्र केही परिवर्तन पाउनुहुन्छ । १ घण्टापछि  चुरोट सेवन गर्न छाडेको एक घण्टापछि शरीरले निकोटिनको माग गर्छ । यस क्रममा आलस्यता, निन्द्रा, चिन्ता र भोक लाग्ने जस्ता समस्या हुन्छ । १२ घण्टापछि चुरोट छाडेको १२ घण्टापछि शरीरमा कार्बन मोनोअक्साइडको लेभल क्रमस कम हुन थाल्छ । यसले रगतमा अक्जिनको लेभल सामन्य बनाउन मद्दत मिल्छ र शरीरको कार्यसंचालन ठीक ढंगले हुन थाल्छ ।२४ घण्टापछि  यसबेला शरीरमा निकोटिनको लेभल कम हुन थाल्छ । त्यसैले बेचैन अनुभव हुन सक्छ । ४८ घण्टा पछि  चुरोट छाडेको ४८ घण्टापछिट शरीरको ब्रोन्कियल ट्युबलाई आरम मिल्छ । यसले इनर्जी लेभल बढाउन सहयोग गर्छ । तीन दिनपछि  धुमपान छाडेको तीन दिनपछि शरीरबाट निकोटिन पूर्ण रुपमा बाहिर निस्कन्छ । यस क्रममा टाउको दुख्ने, बेचैन हुने, पसीना आउने, चिन्ता हुने जस्ता समस्या देखिन सक्छ ।

२ हप्तापछि  २ हप्तापछि रक्त प्रवाह पूर्ण रुपमा सामन्य हुन्छ । शरीरबाट ९० प्रतिशत निकोटिन बाहिर निस्कन्छ । फोक्सोले सहि ढंगले काम गर्न थाल्छ ।  नौ महिनापछि  धुमपान छाडेको ९ महिनापछि फोक्सोको सबै बिकार बाहिर निस्कन्छ । सास लिनमा कुनैपनि किसिमको समस्या हुँदैन ।  एकबर्ष पछि  धुमपान छोडेको एक बर्षपछि मुटुको रोग हुने खतरा ५० प्रतिशतसम्म कम हुन्छ ।  पाँच बर्षपछि  धुमपान छाडेको पाँच बर्षपछि मुटु र फोक्सो सामन्य अवस्था आउँछ । अर्थात धुमपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र क्यान्सरको आशंका कम हुन्छ । चुरोटको लत कसरी हटाउने ? – चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफु प्रतिवद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने संभावित खतरालाई मनन गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ । – जतिबेला तपाई चुरोट सल्काउन सुरु गर्नुहुन्छ, यसका नकारात्मक असरलाई गहिरोगरी केलाउने प्रयास गर्नुहोस् । माहौल र सरसंगतले पनि चुरोटको लतमा बढवा दिइरहेको हुन्छ । त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकुल हुन्छ, त्यस्तै माहौलमा बस्नुहोस् । – दैनिक तालिका यस्तो बनाउनुहोस्, जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केहि हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने चुरोटको लत छुट्नेछ ।@onlinekhabar