एकन्तवासको बारेमा के भन्छ हाम्रो पुराण ?

प्रकाशित मिति:

कोरोना भाइरसको संक्रमण भएको अवस्थामा आइसोलेसनमा बस्नु नै अहिलेको एकमात्र उपचार हो । अरु व्यक्ति र वस्तुबाट अलग रहेर बस्ने प्रक्रिया हो यो । यही अवस्थामा लक्षण अनुसारको उपचारात्मक विधी अपनाएर कोरोना भाइरसको संक्रमणबाट धेरैजना मुक्त भइसकेका छन् ।आइसोलेसन अर्थात एकान्तवास । चिकित्सा विज्ञानले अपनाएको अहिले अपनाइरहेको यो विधी हाम्रो समाजमा सदियौंअघि पनि प्रचलनमा थियो । अहिले जसरी हाम्रा पूर्खाहरु एकान्तवासमा बस्ने गर्थे । पुराणहरुमा पनि एकान्तवासको महत्व बताइएको छ । तर, यो स्वेच्छिक हुनुपर्छ । अर्थात व्यक्तिले आफ्नो इच्छाले एकान्तवास बस्छन् भने त्यो सुखदायी हुन्छ ।प्राचिनकालमा यस्तो परिपाटी थियो कि जब घर परिवारको दायित्व पुरा गरिसकेछि, बालबच्चालाई शिक्षादिक्षा दिइसकेपछि घरको कार्यबाट निवृत्त हुन्थे, तब मानिसहरु वानप्रस्थ आश्रममा जान्थे । अर्थात जंगलमा गएर एक्लै बस्न र रमाउथे ।

एकन्तको अर्थ  एकान्तवासको अर्थ एक्लै बस्नु वा एक्लै रहनु भन्ने हो । यसको गहिरो अर्थ के छ भने, जब एकको पनि अन्त्य हुन्छ तब घटित हुन्छ एकान्त । तपाईं घरमा पनि एक्लो रहन सक्नुहुन्छ । घरबाहिर जंगल, खोला, पहाडमा पनि एक्लो रहन सक्नुहुन्छ । एक गृहस्थी सन्यासीका लागि पनि एकान्तको आवश्यक हुन्छ ।एकन्तको लाभ एकान्तवासको फाइदा भनेको सबैबाट विच्छेद भएर आफैभित्र प्रवेश गर्नु हो । आफैसँग सम्बाद गर्ने अनुकुलता मिलाउनु हो । भीडबाट अलग भएर मान्छेले आफैसँग भेटघाट गर्छ । तनावग्रस्त एवं धपेडीको जीवनबाट विश्राम लिएर आफ्नो जीवनको समीक्षा गर्न सकिन्छ ।एकान्तवासमा रहेर मान्छेले आफैलाई नियाल्छन् । आफ्ना पाँच इन्द्रियको तृष्णालाई बुझेर मोक्ष प्राप्तिका लागि पहल गर्छन् । पहिलो एकान्तमा आफैलाई सोध्ने, बुझ्ने । त्यसपछि सक्षम बन्ने । अनिमात्र संसारमा प्रवेश गर्ने ।एकान्त र एक्लोपनमा फरक छ । एकान्तमा हामी आफैसँग हुन्छौं । तर, जो व्यक्ति एकान्तमा रहँदा पनि भिडबाट मुक्त रहँदैनन्, उनीहरुले एकान्त बस्नेको अवसर गुमाउँछन् । दिमागमा भिड बोकेर हिँड्ने मान्छेले आफैमा भने एक्लोपन महसुष गर्छन् ।

इोगी युञ्जीत सततमात्मानं रहसि स्थितःएकाकी यतचित्तात्मा निराशीरपरिग्रह अर्थात मन र इन्द्रिय सहित शरीरलाई वशमा राख्ने, आशारहित र संग्रहरहित योगी एक्लै एकान्त स्थानमा स्थित भएर आत्मलाई निरन्तर परात्मामा लगाउँछन् ।एकान्तमा जन्मन्छ सिर्जनामहान विचारक, दार्शनिक, वैज्ञानिक, साहित्यकार, राजनेता आदिले एकान्तमा रहेर नै विश्व वदल्ने शिद्धान्त, सूत्र र आविष्कार गरे । एकान्तमै मस्तिष्क बढी क्रियासिल र सिर्जनशिल हुन्छ ।तीर्थाटनकतिपय एकान्तके लागि एक्लै तीर्थ यात्रामा निस्कने गर्छन् । केही हप्ता वा महिना घरबाहिर एक्लै रहन्छन् । दैनिक घर व्यवहार, धपेडी, संघर्ष, तनाव आदिबाट मुक्त भएर एक्लो जीवनको आनन्द लिन्छन् ।वनवास  प्राचिन कालमा मानिसहरु आफ्नो सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएर जंगल जाने गर्थे, खासगरी आध्यात्मिक उन्नतीका लागि । चार आश्रममा एक वानप्रस्थ आश्रमपछि नै सन्यास आश्रम ग्रहण गर्थे । सूतक  प्राचिन कालमा सूतकको क्रममा मान्छेहरु एकान्तमा बस्थे । जन्मकाल, ग्रहण काल, स्त्रीका मासिक धर्मका काल, महामारी र मरण काललाई सुतक भनिन्छ । सबै कालमा सुतको दिन र समय निर्धारण अलग अलग हुन्छ । कल्पवास नदि किनार आदि क्षेत्रमा छुटै कुटी वा आश्रम बनाएर बस्ने प्रचलन सदियौंअघिको हो । यस्तो अवस्थामा दिनमा एक पटक मात्र भोजन गर्ने गरिन्छ । मानसिक रुपले धैर्य, अहिंसा र भक्तिभावपूर्ण रहनुपर्छ । यस सांसरिक तपबाट मुक्ति, उत्कृष्ट स्वास्थ्य, मनोकमाना पूर्ति र आध्यात्मिक उन्नतीका लािग एकान्तवासको महत्व छ ।@onlinekhabar