तरुणदल द्वारा पत्रकारलाई मास्क बितरण

१९ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


भैरहवा । नेपाल तरुण दल सिद्धार्थनगरले भैरहवामा क्रियाशिल रहेका नेपाल प्रेस युनियनका पत्रकारहरुलाई केएन ९५ मास्क बितरण गरेको छ । आईतबार एक छोटो कार्यक्रमको आयोजना गर्दै तरुण दल सिद्धार्थनगरले १ सय थान मास्क बितरण गरेको यसका सचिव कोशिश खडकाले जानकारी दिए । कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा रहि समाचार संकलन गर्ने पत्रकारहरुलाई थोरै भए पनि राहतको अनुभुति गराउन मास्क बितरण गरिएको उनले बताए ।

कार्यक्रममो बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व सभासद ईश्तियाक अहमद खाँनले नेपाली कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रेस युनियनलाई परेको बेला सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले अहिलेको समयमा सञ्चारकर्मिहरुले नै सबैलाई सुसुचित गराई रहेको कारण उनिहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गर्ने समेत बताए । नेपाल तरुण दल सिद्धार्थनगरका सभापति दिपेन्द्र बुढाप्रिथीको अध्यक्षता, नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व सभासद ईश्तियाक अहमद खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, नेपाल प्रेस युनियनको सभापति रेखा भुषाल लगायतले बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया