कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए

१९ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
60 Shares


प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्रदेश ५ को पहाडी जिल्ला पाल्पाका थप दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यसअघि आइतबार पाल्पाका तीन जनामा पहिलोपटक कारोना संक्रमण पुष्टि भएको थियो । सोमबारको रिपोर्टसंगै पाल्पामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

आइतबारका तीन जनामध्ये दुईजना रैनादेवी छहरा गाउँपालिकास्थित नमूना मावि क्वारेन्टिनमा रहेका र एकजना माथागढी गाउँपालिकाका हुन् । तीनैजना भारतबाट आएर आआफ्ना पालिकाको क्वारेन्टिनमा बसेका थिए । सोमबार थपिएका नयाँ संक्रमितमध्ये रुपन्देहीका दुईजना, गुल्मीका एक जना र नवलपरासी पश्चिमका एकजना रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया