पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६ जना पुगे

१९ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


प्रकाश न्यौपाने
नवलपरासी १९ जेष्ठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सोमबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताए । जेठ १३ गते सरावलको महेन्द्र मावि गडौरीमा रहेका ति पुरुषको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
संक्रमित व्यक्ति भारतबाट यहि जेठ ४ गते आएको खुलेको छ । संक्रमित व्यक्तिलाई अहिले छुट्टै राखिएको र थप कन्ट्रयाक ट्रेसिङ्ग गरि कोहि सम्पर्कमा आएको भए उनीहरुको स्वाब संकलन गरिने प्रमुख ढकालले बताए। सरावलमा यस अघि आरडिटि पोजेटिभ आएका दुई जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ पठाईएको छ, उनिहरुको रिपोर्ट आउन बाँकि नै छ । सरावलमा पहिलो पटक संक्रमित भेटिएका हो । यससंगै पश्चिम नवलपरासीमा संक्रमितको सङख्या ६ पुगेको छ । यस अघि सुस्ता, प्रतापपुर र रामग्राममा कोरोना संक्रमित भेटिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया