नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक हस्तान्तरण

१९ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
41 Shares


कौरव खत्री / बागलुङ १९ जेठ  – नेपाल शिक्षक संघ गलकोट नगर कार्य समिति बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा दश हजार नगद चेक हस्तान्तरण गरिएको छ ।सोहि अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कोरोना भाइरसले समग्र विश्व नै पीडामा रहेको यस्तो अवस्थामा गलकोट नगरपालिकाले राहत कोषको स्थापना गरेर नेपाल शिक्षक संघले सहयोग आत्मीय भाव राखेर सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे ।साथै नगरप्रमुख शर्मा गैरेले बौद्धिक वर्गबाट सदैव रचनात्मक सुझाव सल्लाह दिन आग्रह गरे ।सोही अवसरमा नेपाल शिक्षक संघका नगर संयोजक हरि चालिसे एबिसीले वर्तमान समयमा कोरोना भाइरसको नियन्त्रणका लागि गलकोट नगरपालिकाले शुरूवाती चरणबाटै अत्यन्तै संयमका साथमा गृहकार्य गदै आइरहेकोले गलकोट नगरपालिकाको प्रशंशा गर्दै नगरपालिकालाई सहयोग गर्न नेपाल शिक्षक संघ सदैव तयार रहेको बताए ।

सोही अवसरमा नेपाल शिक्षक संघ गलकोट नगर कार्य समितिले कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा गलकोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरि संघका संयोजक हरि चालिसे एबिसीको संयोजकत्वमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई नगद चेक रकम हस्तान्तरण गरेको हो । सोही अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगर,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,प्रशासकीय अधिकृत तुल बहादुर विक, नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवेन्द्र खत्री,नेपाल शिक्षक संघका जिल्ला सचिव हेमराज गैरे, संघका जिल्ला सदस्य प्रेमसागर सापकोटा,गलकोट नगर अर्थ सचिव नन्दराम गौतम, वडा संयोजक ताल बहादुर भण्डारी, वडा संयोजक कृष्णप्रसाद सापकोटा संघका सदस्य डम्बर खत्री र पत्रकार घनश्याम गौतमको लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया