जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको दावि

२० जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
35 Shares


शान्ति तिवारी

चैत्र १९
नवलपरासी ।

नेपालि कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेलले अहीलाका अर्थ मन्त्रीले जनता र जनप्रतिनिधि चिन्न नसक्ने बताएका छन् । जनताबाट निवार्चित नभई आर्शिवादबाट अर्थ मन्त्री बनेकाले उहाले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको दावि छ । सेमबार संघिय संसदमा बोल्दै उहाले अर्थ मन्त्रि युवराज खतिवडाले कति करोडको गाडी चढ्छन् रु भन्दै संसदमा प्रश्न गरेका छन् । प्रतिधिनिसभाको बैठकमा बोल्दै कँडेलले मन्त्री खतिवडाले भने, ‘तपाई ५र६ करोड गाडी चढ्ने अनी बिलासिताका गाडी हटाउने भन्दै हिँड्ने, यो दुर्भाग्यपूर्ण हो ।’
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले साझा यातायातले ल्याएको विद्युतीय सवारीको उद्घाटनको क्रममा सन् २०२० सम्ममा नेपालको कुल सवारीमध्ये २० प्रतिशत हुने घोषणा गरेका थिए । उनले बाग्मती प्रदेशले पनि २०२८ सम्ममा शतप्रतिशत विद्युतीय सवारी चल्ने निर्णय गरेको स्मरण गराए । सरकारले विद्युतमा आत्मनिर्भर भएको व्यवसायीलाई धरासायी बनाउने सरकारको नीति भएको उनको तर्क छ । पहिला आफै नीति बनाउने र अहिले आफै त्यो नीतिको विरोधमा लाग्ने गरेको उनको आरोप छ । नेपालमा दैनिक विद्युत उत्पादन बढेको, इन्धन खरिदमा भारतमा धेरै पैसा गएको भन्दै त्यो रकम रोक्न आफ्नै नदीबाट उत्पादित विद्युतबाट चल्ने सवारी साधन ल्याउँभन्दा सरकारले किन हटाएको भन्दै प्रश्न गरेका छन् । उनले नेपालीले जति डाक्टर भनिएका अर्थमन्त्री पाए, ती सबैबाट देशले कुनै पनि राहत नपाउएको उनको दाबी छ ।
‘सुवर्ण महशेर, भरत मोहन, महेश आचार्य, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे , वर्षमान पुन, विष्णु पौडेलहरुले ल्याएको बजेटमा उत्साह थियो,’ उनले भने, ‘डा रामशरण महत, डा बाबुराम भट्टराईले ल्याएको बजेट पनि सन्तोषजनक थियो तर अरुको आशीर्वादमा आउनु भएको डा। युवराज खतिवडाले जनताको भावनालाई, जनप्रतिनिधिलाई चिन्नुभएन, ठूला व्यवसायीका मात्रै कुरा सुन्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया