शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु

२० जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
756 Shares


सागर पोखरेल– अव्यवस्थित शहरीकरण र योजना विनै बसेका शहरहरुमा यातायात व्यवस्थापन दिनानुदिन चुनौतिपूर्ण बन्दै गएको छ। रोजगारीको कारण होस या वढ्दो आयको कारण,मानिसहरु शहरतर्फ बसाइ सराइ गरिरहेका छन।आवश्यकताले र रहरले गाडी किन्नेहरुको लाम वर्षेनी वढिरहेको छ।बेलैमा हामी सबै सचेतभइ प्रभावकारी उपायहरु नअपनाए शहरी क्षेत्रमा सडक दुर्घटना, ट्राफिक जाम, वातावरण प्रदुषण आदिले केही वर्षमै विकराल रुप नलेला भन्न सकिन्न। विश्वब्यापी रुपमाहरेक बर्ष सडक दुर्घटनामा करिव १३ लाख ५० हजार मानिसको मृत्यु र ५ करोड मानिसलाइ चोटपटकलाग्ने गर्छ। हरेक दिन करिव ३७०० सवारी चालक,मोटरसाइकल चालक,पैदलयात्रीहरुको मृत्यु हुन्छ, जसमध्य आधा भन्दा बढि मृत्यु मोटरसाइकल चालक,साइकल चालक र पैदलयात्रुको हुने गर्दछ।मृत्युको प्रमुख कारणहरुमध्य सडक दुर्घटना आठौँ स्थानमा आउँछ। न्युन र मध्य आम्दानी भएका देशहरुमा विश्वको ६० प्रतिशत दर्ता भएका सवारीहरु रहेतापनि उक्त देशहरुले सडक दुर्घटनामा ९३ प्रतिशत हिस्साओगटेका छन्। धेरै देशहरुमासडक दुर्घटनाका कारण National GDP को ३ प्रतिशत खर्च हुने गर्छ।अव्यवस्थित शहरमा सवैभन्दा देखिने अर्को समस्या ट्राफिक जाम हो । अहिलेको युगमा हरेक सेकेण्डको महत्व हुन्छ। ट्राफिक जामका कारण व्यक्तिको तथा मालसामान निकासीको गति कम भइ अमुल्य समयको नास हुनुका साथै आर्थिक कार्यकुशलतामा पनि नकारात्मक प्रभाव पर्दछ। जामका कारण व्यापार, व्यवसाय र शिक्षा क्षेत्रमा पनि नकारात्मक असर पर्दछ। ट्राफिक जामका कारण समयमै कार्यालय,स्कुल जान नसक्नु र उत्पादनमुलक समय यातायातमै व्यतित हुने भएको कारण बिद्यार्थी, कर्मचारीमा तनाव समेत उत्पन्न हुन सक्छ।यातायात प्रणाली अव्यवस्थित भएमा वातावरण प्रदुषण पनि बढ्छ। विश्वमा करिव १३ लाख मृत्यु वातावरण प्रदुषणका कारण हुने गर्छ। १४ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन यातायातका कारण हुने गरेको छ र शहरी क्षेत्रमा वस्ने ८० प्रतिशत भन्दा बढि जनसँख्या WHO ले निर्घारण गरेको मापदण्ड भन्दा खराव स्वच्छता भएको हावामा जिवन यापन गरिरहेका छन।

समयमै पर्याप्त ध्यान दिन सकिएन भने यातायात व्यवस्थापनको समस्या भविष्यमा निकै जटिल र टाउको दुखाइको विषय नबन्ला भन्न सकिन्न। हामीले हालको समस्या तर्फमात्र ध्यान केन्द्रित नगरि भबिष्यमा आइपर्ने समस्यालाइ पनि ध्यानमा राखेर यातायात व्यवस्थापन तथा दिगो विकाश तर्फ अघि बढ्न जरुरी छ। यातायात व्यवस्थापन गर्न धेरै देशहरुले अवलम्वन गर्ने कुरा भनेको पहिलो स्सडकको क्षमता बृद्धी गर्ने र दोश्रो स् नयाँ गाडीहरु थप गरि सार्वजनिक यातायातको क्षमता बृद्धी गर्ने। तर के यी प्रभावकारी र पर्याप्त उपायहरु हुन त ?  यी उपायहरु पर्याप्त छैनन्। सडक चौडा गर्नाले ट्राफिक जामको समस्या केहि समयको लागि, केहि वर्षको लागि समाधान त पक्कै होला तर यो दिगो समाधानको उपाय होइन। केहि वर्षमा गाडीहरुको सँख्या झन वढ्छ र ट्राफिक जामको समस्या यथावत रहन्छ। सडक चौडा गर्न पनि ठाउँ नहुन सक्छ। सार्वजनिक यातायातको क्षमाता बृद्धी गरेर पनि समस्या समाधान नहुन सक्छ। उपर्युक्त वातावरण नभएसम्म व्यक्तिगत सवारीसाधन छोडेर सार्वजनिक सवारीसाधन चढ्न यात्रुहरु अभिप्रेरित नहुन सक्छन।हामीले यातायात व्यवस्थापनलाइ नयाँ तरिकाले सोँच्न जरुरी छ । हामीले आपुर्तिको हिसावले सडक क्षमता बृद्धी,सवारी साधन थप,पार्किङ स्थल निर्माण मात्र नसोँचि मागको हिसाबले जनसंख्या,औषतयात्रा,यात्राको लम्वाइआदि पनि सोँच्न जरुरी छ। गाडीको आवागमन भन्दा व्यक्तिको आवागमन कसरी सहज गराउन सकिन्छ भन्ने कुरा मनन् गर्न जरुरी छ। वैकल्पिक उर्जा र ‘नन् मोटराइज ट्रान्सपोर्ट’ लाइ प्रोत्साहन गर्नुपर्छ। यातायात व्यवस्थापन प्रणाली सुधारको लागि (Avoid-Shift-Improve) को अवधारणा पालना गर्न सकिन्छ। Avoid’’ अर्थात यात्रा गर्ने कारणहरु घटाउनु अथवा यात्राको दुरी घटाउनु। मानिस विभिन्न कारणले यात्रा गर्छ। सामान किनमेल गर्न,कार्यालय जान,हस्पिटल जान,घुम्न आदि कारणले मानिस यात्रा गर्छ। हामीले यी कारणहरु घटाउन विभिन्न उपायहरु जस्तै ई कमर्स, ई बैँकिङ, ई लर्निङ, अनलाइन सपिङ, मोवाइल हस्पिटल आदि अवलम्वन गर्न सक्छौँ। यात्राको दुरी घटाउन ‘Mixed Land Use Planning’  को निति वनाउन जरुरी हुन्छ। । Mixed Land Use   मा आवासस्थल र कार्यस्थल तथा स्कुल कलेजहरु नजिकै हुने हुँदा यात्राको दुरी घट्छ र पैदल अथवा साइकल वाटै आवागमन गर्न सकिन्छ।

‘Shift’ अर्थात अहिले प्रयोग भएका सवारीसाधन भन्दा कम उर्जा खपत गर्ने साधन प्रयोग गर्नु। सार्वजनिक सवारीसाधनको तुलनामा व्यक्तिगत सवारीसाधनहरु धेरै प्रयोग हुँदा प्रतिव्यक्ति उर्जा खपत बढी हुन्छ र प्रदुषण पनि वढि हुन्छ।तसर्थ गुणस्तरिय सार्वजनिक यातायातको सँख्या बृद्धीतथा नन् मोटरेवल ट्रान्सपोर्ट९उदाहरणको लागिसाइकल ०को प्रयोगको लागि प्रोत्साहन एवम सोहिअनुसारको सँरचना वनाउन पर्दछ। वसस्टपहरुमा सुरक्षित साइकल पार्किङको पनि व्यवस्था हुनुपर्दछ। मानिसहरु आवासदेखी बसस्टप सम्म साइकलमा आएर बसको माध्यमले कार्यस्थल तर्फ जान सक्छन। सार्वजनिक यातायातलाई सफल रुपले संचालन गर्न विभिन्न कुराहरुको भुमिका हुन्छ। मानिस किन यात्रा गर्छरु कुन समयमा यात्रा गर्छ र कति दुरिसम्म यात्रा गर्छ भन्ने कुरा एकिन गर्न जरुरी हुन्छ। छरिएको वस्ति भन्दा जनघन्तव धेरै भएको वस्तीमा सार्वजनिक यात्रा सफल भएका उदाहरणहरु छन। आवास देखि बसस्टप सम्मको दुरी पैदलमैत्री र मनमोहक हुनु पर्दछ। एक अध्ययनका अनुसार मानिसलाइ हिँड्न,गाडी परिवर्तन गर्नर पर्खिन गाडीमा वस्नु भन्दा २ गुणा बोझिलो हुन्छ। तसर्थ भरपर्दो र सुविधासम्पन्न सार्वजनिक यातायातको लागि विशेष ध्यान दिनु पर्दछ। ‘Improve’  अर्थात सुधार गर्नु। ट्राफिक आवागमन सहज हुनाले गाडी गतिशिल हुन्छ। जामका कारण रोकिने सवारीसाधनले कुनै उपलब्धिविनानै वातावरण प्रदुषण गराउँछ। ढिलो गुड्ने सवारीसाधन र छिटो गुड्ने सवारीसाधनको लेन छुट्याउँदा ट्राफिक आवागमन सहज हुन सक्छ। बाटोमा रहेको पटहोल्स,अनुपर्युक्त जङसन डिजाइन, ट्राफिक लाइट आदिले पनि ट्राफिक आवागमनलाइ असर गर्दछ तसर्थ यी कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ  ।Low emission vehicles  अभिक तथा इलेक्ट्रिक सवारीसाधनको प्रोत्साहन तथा डिजेलको सट्टा CNG,बायो डिजेल आदिको प्रयोगले वातावरण प्रदुषण कम गर्दछ।

परम्परागत प्रचलनमा दुर्घटना न्युनिकरण को लागि सडक प्रयोगकर्ताको व्यवहारमा र दुर्घटनाका कारणहरुमा केन्द्रित रहेर दुर्घटना न्युनिकरणका उपायहरु अवलम्वन गरिन्थ्यो तर त्यतिले मात्र हुँदैन। सफल कार्यान्वयनको लागि नितिगत सुधार,सडक डिजाइन एवम निर्माणमा विशेष ध्यान,सुरक्षित गाडीको प्रयोग र दुर्घटना पछिका कदमहरुलाइ मध्यनजर गर्दा दुर्घटना कम हुन सक्छ।न्युन र मध्य आय भएका देशमा संयुक्त राष्ट्र सडक सुरक्षा कार्यान्वयन दशक २०११-२०२० मा सडक दुर्घटनालाइ बढन नदिइ यथा स्थितीमा राख्ने र त्यसपछि आधा घटाउने लक्ष्य रहेको छ जसमा मुख्य पाँच कुरा प्राथमिकतामा राखिएको छ। सडक सुरक्षा व्यवस्थापन क्षमता बढाउने, सुरक्षित सडक बनाउने,सुरक्षित सवारीको प्रयोग गर्ने जस्तै ABS,EBD जस्ता आधुनिक प्रविधि भएका गाडी रcrash test पास गरेका गाडीको प्रयोग०,सुरक्षित सडक प्रयोगकर्ताको कार्यक्रम, दुर्घटनापछिको हेरचाह९जोखिमयुक्त ठाउँमा ट्रउमा सेन्टर स्थापना गर्ने।यस बाहेक सवारी गति पनि नियन्त्रण गर्न जरुरी हुन्छ। १ प्रतिशत गति कम हुनाले करिव ४ प्रतिशत दुर्घटना कम हुने एक अध्ययनले देखाएको छ।त्यसैगरी १३५ देशहरुको अध्ययनमा सडक दुर्घटनान्युनिकरण गर्दा २४ वर्षको अन्तरालमाNational GDP को ६ देखी ३२ प्रतिशत सम्म लाभ हुने देखिएको छदुर्घटनान्युनिकरणमा लगानि गर्दा अन्तत स्वस्थ गुणस्तर र आयमा पनि बृद्धी हुन्छ। अन्त्यमा,शहरी यातायात व्यवस्थापन एक चुनौती पूर्ण कार्य हो। सडक दुर्घटना, ट्राफिक जाम र वातावरण प्रदुषण यसका मुख्य असरहरु हुन । यातायात व्यवस्थापन लाइ नयाँ सोँचका र नयाँ उपायका साथ अवलम्वन गरिएन भने यी असरहरु समयको दौरानमा विकराल रुपलिन सक्छन। त्यसैले शहरी यातायात व्यवस्थापन लाइ विशेष ध्यान दिइ हामी सबै दिगो विकाश तर्फ अग्रसर हुनुअवको आवश्यकताहो। सागर पोखरेल  इन्जिनियर  सडक विभाग

फेसबुकबाट तपाईको प्रतिक्रिया