लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न

२० जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
86 Shares


बुटवल । कोरोना भाइरसको प्रभाव का बीच बढ्दो गर्मीको कारणले अस्पतालहरुमा बिमारीको चाप बढेर ब्लड बैंकमा रगतको अभाव हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । आज संम्पन कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।कार्यक्रममा प्रमुख अतिथि तथा लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अर्गनाइजर लायन भोजराज पाण्डे, रिजन चेयारपर्सन तथा पुर्व अध्यक्ष लक्ष्मण रेग्मी,रिखिराम भट्टराई लगायतले बोल्दै लाकडाउनका बीच रगतको अभाव भैरहेको समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लब अफ बुटवल मुक्तिनाथ प्रति आभार व्यक्त गरे ।

त्यस्तै रक्तसंचार केन्द्रका निरन्जन श्रेष्ठले आफुहरुको अनुरोध अनुरुप कार्यक्रम आयोजना गरेकोमा खुशि व्यक्त गर्दै रक्तदानले शारीरिक रुपमा कमजोर नहुने बरु रक्तदान गर्नाले थप स्वस्थ भइने बताए । उनले यस्तो जोखिमको बेलामा पनि लायन्स क्लब बुटवल मुक्तिनाथले गरेको कार्यको प्रंशसा गरे ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथका २०२०÷२१ का लागि निर्वा्चित अध्यक्ष लायन सुरेशचन्द्र भट्टराईको संयोजकत्व तथा स्वागत,तृतीय उपाध्यक्ष लायन कृष्ण आचार्यको संचालन तथा लायन वर्ष २०१९÷२० का अध्यक्ष लायन शोभाखर बन्जाडेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम सम्पन्न गर्न आवस्यक खर्च क्लबका लायन तुलसीराम पाण्डेले सौजन्य गर्नु भएको थियो ।बिगतका दिनमा बिभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले कोरोना संक्रमणले लकडाउनका बीच बिपन्न वर्ग,काम गुमेका मजदुर र बिद्ध्यार्थी हरुलाई विभिन्न चरणमा राहत वितरण गरिरहेको छ भने बेलहिया नाकामा लायन्स क्लब अन्तरास्ट्रिय ३२५ बि२ नेपाल एरिया ४ को संयोजनमा निर्मित सेनेटाइज टनेल निर्माणमा समेत सहयोग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया