कर मात्र किन ? बेरुजु फर्स्यौट खै ?

प्रकाशित मिति:

प्रजापाल गिरी । विश्व कोरोना महमारीको संक्रमणबाट गुज्रिरहेको छ ।  नेपाल यसबाट अछुतो रहेन । यो महामारी संग लड्न जुध्न हामीलाई ठुलै तयारी र साहश आवश्यक हुन्छ । तयारीका लागि ठुलै मात्रामा धन चाहिन्छ । धनको लागि राज्यको अन्तिम श्रोत पनि आफ्ना नागरिक नै हुन । तर , गरि खाने नागरिक र लुटी खाने नागरिक बिच न्याय गर्न सक्ने क्षमता राज्यले राख्न सक्नुपर्छ तब मात्र बिधिको शासन हुनेछ  नागरिक ईमानदार हुनेछन्, मुलुक समृद्ध हुनेछ , हरेक युद्ध जित्न सकिन्छ ।

महामारी संग जुध्न तयारीको समय अपुग भएरै हो वा हाम्रो सरकारी बिज्ञताले कोरोनाको अन्तिम औषधि ठानेर हो सरकारले २०७६ चैत्र ११ गतेदेखि लागु गरेको लकडाउनको समय २०७७ जेष्ठ ३२ गतेसम्म थप गरेको छ। यो करिब तीन महिनाको समयमा सबै खाले उद्योग, व्यापार, व्यवसाय चौपट भएका छन । मानिस आफू कसरी अब्बल बन्ने भन्ने प्रतिस्पर्धाबाट कसरी बाच्ने बन्ने प्रतिस्पर्धामा झरिसकेका छन् ।

यस्तो जर्जर र कहालीलाग्दो अवस्थामा बजेट मार्फत राहतको पर्खाइमा बसेका ती उद्योगी, व्यापारी, व्यवसायी जस्ले आफ्नो बाउ बाजेको जायजेथा बैंकमा धितो राखेर उद्योग,व्यापार, व्यवसाय मार्फत रोजगारी श्रृजना गरे तिनै ब्यवसायीहरुलाई राहत स्वरुप यो कोरोना प्रलयका बिच धम्किपुर्ण भाषामा २०७७ जेष्ठ २५ गते भित्र कर दाखिला गर नत्र भने  … सम्बन्धि सूचना फरमान गर्न सक्ने दुई तिहाई सरकारले २०७७ जेष्ठ २५ गते भित्र अनिवार्य बेरुजु फर्स्यौट गर नत्र भने भन्न किन सक्दैन ? लेखक नेपाली कांग्रेसका युवा नेता हुन्