रुपन्देहीको क्रिमसन अस्पताल  आज  बुधबारदेखि सञ्चालनमा आउने

प्रकाशित मिति:

बुटवल/कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि शील गरिएको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।

अस्पतालका निर्देशक डा।शेखर प्रसाद पोख्रेलले विज्ञप्ति निकालेर अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीका कुरुवाहरुको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै बुधबारदेखि अस्पतालका सेवा शुरु हुने बताएका छन् ।संक्रमितको सम्पर्कमा आएकाहरु १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्किसकेको र अस्पताललाई डिस्इन्फेक्सन गरिसकेको बताउँदै उनले सेवा शुरु गर्ने बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘संक्रमित बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा निज विरामीको कुरुवा समेतको स्वाब टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हुनाले उहाँहरुलाई १४ दिन सम्म अस्पतालमै क्वारेन्टाइनमा राखेर घर पठाई सकिएको छ । त्यस पश्चात् अस्पताललाई पूर्ण रुपमा डिस्इन्फेक्सन गरी सकिएको हुँदा मिति २०७७र२र२१ गते बुधबार देखि अस्पताल सञ्चालनमा आउने ब्यहोरा जानकारी गराउन चाहन्छौं ।