रुसमा ४ लाख २३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

२१ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं / ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।एकै दिन ८ हजार ८६३ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख २३ हजार ७४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ३७ पुगेको छ ।२ लाख ३१ हजार ७१९ जनाको उपचार भइरहेको छ भने १ लाख ८६ हजार ९८५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।-खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया