लागु औषध सहित पाँच जना युवाहरु पक्राउ

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय गुल्मीलेगरेको छ । प्रहरीले वुधवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लागु औषधका आरोपिहरुलाई सार्वजनिक गरेकोे हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षीय बिजय लिम्बु, गुल्मीको रेसुंङा नगरपालिका २ का १९ वर्षीय नवीन विश्वकर्मा, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षीय बिशाल रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक दिपक कुमार वस्नेतले जानकारी दिनु भएके छ ।
मंगलबार राती ९ बजे रेसुङ्गा नगरपालिका २ निवासि पुर्ण बहादुर थकालीको घरमा लागू औषध सेवन गरि होहल्ला गरेको भन्ने सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेस जस्तो देखिने धुलो पदार्थ २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको थियो । उनीहरुलाई बुधवार नै जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।