कोरोनाको माहामारी संगै तरुण युवाहरूले देशको लागि गर्नु पर्ने भुमिका

प्रकाशित मिति:

रोजन शाही पोखरा , कास्की कोभिड-१९ महामारीले निम्त्याएको महासंकटले अहिले विश्व नै आक्रान्त बनेको छ। हामी धेरैको चिन्ता र चासो यो विषय महामारीको अन्त्य कहिले र कसरी होला भन्ने छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस  कोभिड १९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । सरकार आमनागरिकका समस्याबारे बेखबर छ । सरकारले कोरोना महामारीलाई सामान्य रुपमा लिएको जस्तो देखियो ।नागरिकका प्रतिको दायित्व निर्बाह गर्नबाट दिनप्रतिदिन बिमुख हुँदैछ । यो बिषम परिबेशमा उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गरौं ।

त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन् । सरकारले जारी गरेको नयाँ नक्सालाई स्वागतयोग्य गर्नुपर्छ र हामी सम्पुर्ण तरुण युवाहरू देशको रक्षाको निम्ति सधैं तयार हुनेछौं । अझै सरकारले धेरै काम गर्न बाकी छन । अब कुटनैतिक तरिकाले सिमा सम्बन्धि धेरै छलफल गर्नुपर्छ । तर नेताहरु यस्तो महामारी पनि राज्नैतिक खलमै मस्त छन । अब सरकारले विभिन्न योजनाहरु बनाएर सहज तरिकाले काम गर्न जरुरी छ । तरुण युवाहरु आफ्नो सक्नी कामहरु गरेर घरमै उत्पादन तिर जोड दिनुपर्छ जस्तो लाग्छ मलाई । सरकारले महामारी सकिए पछी युवाहरुलाइ धेरै प्राथमिकता दिएर सबै क्षेत्रमा स्थापित गर्न जरुरी छ । कोरोनाको डर र कोरोना कहरले हाम्रो अर्थतन्त्र त धरासायी बनाएको नै छ त्यस सङै युवाहरु बेरोजगारले भौतारिने छन ।

नेपाल कृषि मुलुक देश भएको कारण अब युवा वर्ग कृषि क्रान्तिमा जानू बायक अरु विकल्प देखिदैन । जति सक्नु उत्पादन र सीप मुखी काम प्रती अगाडि बढ्नुपर्छ । अन्ततः यो कहालीलाग्दो महाव्याधिले ल्याएको महासंकटको अन्त्य निश्चित छ। पक्कै पनि हाम्रो व्यक्तिगत जीवनमा योभन्दा अगाडि धेरै आरोह अवरोह आएका थिए होला जसलाई स्वीकार्दै सामना र समाधान गर्दै हाम्रो जीवन अगाडि बढेको हुन्छ। यो विपदको घडीमा सकारात्मक सोचका साथ आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ र त्रसित नबनी सचेततापूर्वक सामना गर्न सक्नु आजको अपरिहार्य आवश्यकता हो।
जय युवा । जय नेपाल ।।