बुटवलको कोरोना अस्पतालबाट बुधवार ४ संक्रमित निको भई घर फर्के

प्रकाशित मिति:

बुटवल । जेठ २१ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट बुधवार थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरूमध्ये ३ जना कपिलवस्तुका र १ जना अर्घाखांची घर भई कोरोना विशेष अस्पताल बुटवलमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।
वैशाख २९ गते अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

१८ देखि २४ वर्षसम्मका पुरुष घर फर्किनुभयो’, उनले भने, उहांहरुसंग गरी १९ जनालाई निको बनाई घर पठायौं । बिरामीलाई निको भएर पठाउँदा खुसी लागेको र आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिने थापाले जनाए । यसअघि वैशाख ३० गते रुपन्देहीका १ , जेठ १० गते कपिलवस्तुका १० र जेठ १८ गते कपिलवस्तुका ३ र रुपन्देहीका १ गरी १५ जना घर फर्केका थिए । अस्पतालमा अहिले ३० जना जनरल वार्ड र ३ जना आइसीयूमा उपचाररत रहेको थापाले बताए ।