ट्रकमा भएको आगलागीले एक जनाको मृत्यु

प्रकाशित मिति:

नवलपरासीको कावासोतीमा पराल बोकेको ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । कावासोती नगरपालिका ११ तारे चोकमा कुडौलीबाट कावासोती आउँदै गरेको लु ३ त३६३३ नम्बरको ट्याक्टरमा आगोलागेको हो ।
ट्याक्टरले बोकेको परालले विद्युतीको ताल छिनाली सर्ट हुँदा ट्याक्टरले बोकेको परालमा आगो लागेको थियो ।
साही क्रममा ट्याक्टरमा पछाडि सवार दुई जनालाई करेन्ट लागेर घाइते भएका थिए ।
घाइते मध्ये कावासोती ११ बस्ने २० बर्षका सन्तोष रिजालको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
त्यस्तै सोही ठाउँका २२ बर्षीय सन्दिप रिजाल गम्भीर घाइते भएका छन् । रिजालको नयाँ मेकिडल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
प्रहरी नायव निरीक्षक कृष्ण शाहाको नेतृत्वमा रहेको प्रहरी टोली र कावासोतीबाट गएको दम्कलले आगो नियन्त्रणमा लिएको थियो ।