पश्चिम नवलपरासीमा एकै पटक ८ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने- पश्चिम नवलपरासीमा आज बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो । बर्दघाटमा वडा नम्बर १६ का २४ वर्षिय युवकमा कोरोना पुष्टि भएको छ । उनि भारत बाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपसीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्र ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय व्यक्तिहरु रहेका छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बई बाट आएका थिए । पाल्हीनन्दनमा पाँच नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजेटिभ देखिएका छन् ।

गाँउपालीका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले अहिले उनिहरुलाई छुट्टै राख्ने काम भईरहेको जानकारी दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनिहरु कसरी नेपाल आए र सिधै क्वारेन्टाईनमा गए वा अन्य व्यक्तिको सम्र्पकमा आए भन्ने बारे कन्ट्रयाक ट्रेसिङ्ग गरेपछि थाहा हुने बताउनुभयो । पश्चिम नवलपरासीमा पहिलो पटक यति धेरै सङख्यामा कोरोना संक्रमण देखिएको । यस अघि जिल्लामा कुल ७ जनामा कोरोना पुष्टि भएको थियो । बर्दघाट र पाल्हीनन्दनमा भने आज पहिलो पटक संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ ।