सिद्धार्थ उवा संघले भन्यो :  जेठ २५ भित्र कर बुझाउन सक्दैनौं

२१ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
20 Shares


भैरहवा  २१ जेठ । सरकारले लकडाउनकै बेला उद्योगी व्यवसायीलाई जेठ २५ गतेभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिक कर भुक्तानी गर्न अन्यथा जरिवाना तथा व्याज समेत लाग्ने सार्वजनिक सूचना जारी गरेपछि रुपन्देहीका उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघलाई पत्राचार गर्दै यस्तो विषम परिस्थितिमा पनि सरकारले कर बुझाउन दबाब दिएको भन्दै आपत्ति जनाएको छ । साथै संघले सरकारले तोकेको मिति जेठ २५ गते भित्र सबै कर बुझाउन नसक्ने बताएका छन् ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा करको भुक्तानी गर्ने समयावधि जेठ २५ गते सम्मका लागि म्याद दिएको थियो । वैशाख १४ गतेको मन्त्रीपरिषदको बैठकले वैशाख २५ गते सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, सरकारले पछिल्लोपटक लकडाउनको समय थप्दै जेठ ३२ गते सम्म पुयाएपछि सरकारले जेठ २५ गते पछिको कर भुक्तानीका लागि म्याद थपेको छैन ।

म्याद थप नहुदाँ आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै जेठ २५ गते भित्र कर नबुझाए जरिवाना र व्याज लाग्ने बताएको छ । उद्योगी व्यवसायीको कर सम्बन्धि आवश्यक सबै विवरण प्रतिष्ठानमै बन्द रहेको यथार्थ हुदाँ हुदै पनि सरकारले जेठ २५ भित्र नै सबै कर बुझाउने विषय न्यायसंगत नभएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । लकडाउनकै बेला अकस्मात २५ गते भित्र सबै कर तथा भ्याट विवरणहरु बुझाउने भन्ने विषय वस्तु न्यायसंगत हुँदैन उनले भने ‘लकडाउनका कारण समस्या परेका उद्योगी व्यवसायीहरुलाई राहत प्रदान गर्ने गरी विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गर्नुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया