ग्लोबल आईएमई बैंकद्धारा कोरोना रोकथाम कोषमा २५ लाख सहयोग

प्रकाशित मिति:

बुटवल जेठ २१ । ग्लोबल आईएमई बैंक प्रादेशिक कार्यालय प्रदेश ५ ले प्रदेश ५ को कोरोना रोकथाम र नियन्त्रण कोषमा २५ लाख रुपैयां सहयोग गरेको छ । बैंकको प्रादेशिक कार्यालय प्रमुख नायव प्रदेश प्रमुख दिलिप डांगीले बुधवार मुख्यमन्त्री शंकर पोखरेललाई २५ लाख रकमको चेक हस्तान्तरण गरेका हुन ।

प्रादेशिक कार्यालय प्रमुख डांगीले बैंकले बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोग लाई निरन्तरता दिने बताए ।मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।