लकडाउन अबज्ञा गर्न व्यवसायीको आह्वान

प्रकाशित मिति:

काठमाडौ । उद्योगी व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् । पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा अबज्ञा गर्ने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान गर्नुभयो । उहाँले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशभरी मुडभेड ह्ुनसक्छ, व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ ।”